बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

त्रिकोणात्मक सिरिज - नेपाल र अमेरिका भिड्दै

शनिबार, माघ २५, २०७६विश्वास थापा
त्रिकोणात्मक सिरिज - नेपाल र अमेरिका भिड्दै
Classic Tech Internet Ad

काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेलमा नेपालले आज (शनिबार) अमेरिकासँग खेल्दैछ ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रने छन् ।

नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिकालाई ओमानले ६ विकेटले पराजित गरेको थियो ।

लिगको अन्तर्गत अमेरिका शीर्ष स्थानमा रहेको छ । उसले ९ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ नेट रन रेटमा ओमानलाई पछि पारेको छ ।

नेपाल भने एक खेल खेल्दा अंक विहीन रहदै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । त्यसैले अमेरिकाविरुद्ध नेपाल पहिलो अंकको खोजीमा मैदान उत्रने छ ।

सुवासलाई मौका

भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर घाइते भएपछि वैकल्पिक खेलाडी सुवासलाई टिममा बोलाइएको छ । सुवास ओपनिङ ब्याटिङ गर्न रुचाउने विकेटकिपर हुन् ।

नेपालको सधैको समस्या ओपनिङ ब्याटिङ हो । ओमानसँगको खेलमा नेपालले ज्ञानेन्द्र मल्ल र पारस खड्काको जोडी प्रशिक्षण गरेपनि दुवै खेलाडी असफल भएका थिए । त्यसैले अब ज्ञानेन्द्रलाई साथ दिन सुवास ओपानिङमा आउने बलियो सम्भावना रहेको छ ।

यसअघिको भेटमा सुवासले अमेरिकाविरुद्ध ५ खेलमा १ शतक सहित २ सय ३५ रन बनाएका छन् । अमेरिकाविरुद्ध सुवासको औषत ७८ दशमलब ३३ को रहेको छ । जुन नेपाली ब्याट्सम्यान सबै भन्दा धेरै औषत हो ।

यस्तै सुवास अमेरिकाविरुद्ध शतक प्रहार गर्ने पहिलो र एक्लो नेपाली खेलाडी हुन् ।

घरेलु समर्थकको साथ

अमेरिकाविरुद्ध मैदान उत्रँदा नेपाललाई घरेलु मैदान र समर्थकको राम्रो साथ मिल्नेछ । नेपालले अमेरिकासँग घरेलु मैदान र समर्थको फाइदा उठाउन चाहान्छ ।

यता अमेरिकालाई भने ठुलो समर्थकमाझ खेल्ने बानी छैन । उसले खेलेको घरेलु मैदानको खेलमा समेत बिरलै समर्थक देखिने गर्छ । अन्तिम पटक (सन् २०१०) नेपाल भ्रमण आउँदाको अमेरिकी टिममा धेरै खेलाडी नयाँ छन् ।

अमेरिकाका रष्टि थोरनले आईपीएल र बिग बासमा क्याम्रन स्टेभिन्सनले बाहेक अन्य खेलाडीले ठुलो क्राउडमा खेलेका छैनन् ।

उत्साहित अमेरिका

ठुलो समर्थक सामु प्राय खेलाडीलाई अनुभब नभएको कारण नेपालसँग खेल्न उत्साहित रहेको अमेरिकाका प्रशिक्षक जेम्स पम्मेन्ट तथा कप्तान सौरभ नेत्रभालकर बताउँछन् ।

समर्थकको दबाब चिर्न अमेरिकाका प्रशिक्षकले आफ्ना खेलाडीलाई मैदान भित्र मात्र ध्यान दिन सिकाउने बताएका छन् ।

'खेलाडीहरु यति ठुल समर्थकमाझ खेल्न उत्साहित छन् । मैदान बाहिर भन्दा रिङ (बाउन्ड्री लाईन) भित्र खेल्न सिकाउने मेरो काम हो,' प्रशिक्षक जेम्सले भने, 'रष्टि थोरनले आईपीएल र बिग बासमा क्याम्रन स्टेभिन्सनले बाहेक अन्य खेलाडीले ठुलो क्राउडमा खेलेका छैनन् । उनीहरुलाई यसको मजा लिँदै खेल्न म हौशला दिनेछु ।'

यस्तै यति धेरै समर्थको सामु खेल्न पाउनु एक अवसर रहेको अमेरिकाका कप्तान सौरभले बताए ।

'यति धेरै समर्थकको सामु खेल्न पाउनु एक अवसर हो । यसले हामीलाई एक चुनौतीको साथ हौशला समेत दिनेछ,' कप्तान सौरभले भने, 'हामी प्रतिस्पर्धात्मक खेलको अपेक्षामा छौं ।'

अन्तिम पटक सन् २०१० मा नेपाल भ्रमण गरेको अमेरिकाको टिममा अहिले धेरै परिवर्तन आएको छ । २/३ खेलाडी बाहेक उसको खेलाडीमा समेत नयाँ छन् । सो बेला डिभिजन पाँच खेल्न नेपाल आएको अमेरिका फाइनलमा नेपालसँग पराजित भएको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

Bajaj Pulsar Motorcycle Ad
अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट