बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

'लक्की' रहेछु !

शुक्रबार, माघ २४, २०७६विश्वास थापा
'लक्की' रहेछु !
Classic Tech Internet Ad

काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजका लागि ओपनर ब्याट्सम्यान सुवास खकुरेल राष्ट्रिय टिममा फर्किएका छन् ।

टिमका महत्वपूर्ण खेलाडी शरद भेषवाकरले चोट बोकेपछि बाँकी खेलका लागि सुवास खकुरेललाई नेपाल क्रिकेट संघ (क्यान)  ले टिममा बोलाईएको हो ।

वैकल्पिक खेलाडीको रुपमा रहेका सुवास शुक्रबारबाट टिमसँग जोडिएका छन् ।

ओमानसँगको खेलमा चोट बोकेका शरदलाई चिकित्सकले १० दिन आराम गर्न भनेपछि बाँकी रहेको ३ खेलमा सुवासले मौका पाएका हुन् । ओमानविरुद्ध शरदले ५५ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

शरदको विकल्पमा सुवास उपयुक्त रहेका कारण उनलाई अमेरिकासँगको २ तथा ओमानसँग बाँकी रहेको १ खेलको लागि टिममा बोलाईएको हो ।

वैकल्पिक खेलाडीको रुपमा रहेर घरेलु मैदानमा एकदिवसीय क्रिकेट खेल्न पाउँदा सुवास आफुलाई भाग्यमानी ठान्छन् ।

'शरद (दाई) को लागि दुखि छु । नेपालले घरेलु सिरिजमा शरद जस्तो खेलाडी गुमाउनु दुखको कुरा हो,' टिममा फर्किएपछि सुवासले खेलपाटीसँग भने, 'आफ्नो हकमा लक्की रहेछु । टिमको लागि राम्रो योगदान गर्ने प्रयास गर्नेछु ।'

सुवास विकेटकिपर ब्याट्सम्यान हुन् । उनले ओपनिङ ब्याटिङ गर्ने गर्छन् । अहिले नेपाली टिममा ओपनरको खाँचो देखिएको छ । ओमानविरुद्ध नेपालका भरपर्दा ब्याट्सम्यान पारस खड्का र ज्ञानेन्द्र मल्लको नयाँ जोडीले एकदिवसीय अन्तराष्ट्रियमा परिक्षण गरेपनि सफल हुन सकेका थिएनन् ।

त्यसैले शनिबार अमेरिकाविरुद्ध सुवासले ओपनिङ गर्ने बलियो सम्भावना रहेको छ । सुवासले अब ज्ञानेन्द्रलाई अमेरिकाविरुद्धको खेलमा साथ दिने बलियो सम्भावना रहेको छ ।

सुवास समेत आफ्नो स्थानमा खेल्न चाहेको बताउँछन् ।

'पाएसम्म म आफ्नो स्थानमा खेल्ने छु,' सुवासले थपे, 'हेरौं अब टिमसँग के कुरा हुन्छ, त्यसपछी बल्ल थाहा हुन्छ ।'

इतिहास हेर्दा नेपाल र अमेरिकाको खेलमा सुवासको राम्रो तथ्याङ्क रहेको छ । सन् २०१२ को मलेसियामा भएको डिभिजन चारमा नेपालले अमेरिकालाई पराजित गर्दा सुवासले शतक प्रहार गरेका थिए । सुवास अमेरिकाविरुद्ध शतक प्रहार गर्ने पहिलो र एक्लो नेपाली खेलाडी हुन् । उनले व्यक्तिगत पहिलो अमेरिकाविरुद्धको खेलमा नै शतक प्रहार गरेका थिए ।

यस्तै अमेरिकासंगको अन्तिम भेटमा सुवासले अर्धशतक बनाउनबाट मात्र एक रनले पछि परेका थिए । सन् २०१४ मलेसियामा भएको लिग डिभिजन तिनको दोस्रो खेलमा नेपाल डीएल पद्दतिमा १० रनले विजयी भएको थियो ।

अमेरिकाले दिएको २ सय २४ रनको लक्ष्य पछाएको नेपालले २२ ओभरमा १ विकेट गुमाएर ७३ रन बनाउँदा खराब मौषमले खेल विथोलेको थियो । सो खेलमा सुवास खकुरेल ४९ रनमा अविजित रहँदा नेपाल १० रनले विजयी भयो । सो खेलमा सुवास म्यान अफ द म्याच समेत बेनका थिए ।

सुवासले अमेरिकाविरुद्ध ५ खेलमा २ सय ३५ रन बनाएका छन् । अमेरिकाविरुद्ध सुवासको औषत ७८ दशमलब ३३ को रहेको छ जुन नेपाली ब्याट्सम्यान सबै भन्दा धेरै औषत हो ।

घरेलु टिम नेपाललाई अमेरिकाको चुनौती

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

Bajaj Pulsar Motorcycle Ad
अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट