बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेपाली मुलका ओमानी क्रिकेटर !

शुक्रबार, माघ २४, २०७६विश्वास थापा
नेपाली मुलका ओमानी क्रिकेटर !
Classic Tech Internet Ad

काठमाडौं । नेपाली मूलका सुरज कुमार हाल ओमानको राष्ट्रिय क्रिकेट टिमबाट खेल्छन् । सुरज भारतमा जन्मिए । उनका बुवा र आमा भने नेपालका हुन् ।

सुरजले राम्रोसँग नेपाली बोल्न जानेका छन् । उनी अहिले विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिज खेल्न नेपालमा छन् ।

उनले पहिलो खेल घरेलु टिम नेपालसँग खेले । दोस्रो खेलमा (अमेरिकाविरुद्ध) ओमानको लागि विजयी रन जोडेका थिए ।

पहिलो खेलमा (नेपालविरुद्ध) उनी दोस्रो बलमा डक आउट भएका थिए । सुरजलाई सुशन भारीले ज्ञानेन्द्र मल्लको हातबाट स्लिपमा क्याच आउट गरेका थिए ।

ओमान र नेपालको पिचमा भिन्नता पाउँदा उनले पहिलो खेलमा रन बनाउन नसकेको बताए ।

’ओमानको पिच फ्ल्याट हुन्छ तर नेपालका बल घुम्ने रहेछ ।’ सुरजले अमेरिकाको खेल पश्चात भने, ’हिजोको खेलले पनि पाठ सिकायो । हिजोको गल्ती नदोहर्याउने सोचेको थिएँ । त्यसैले विकेटमा समय लिएर खेलें ।’

Image may contain: 1 person, playing a sport and outdoor

ओमानका विकेटकिपर ब्याट्सम्यान सुरजलाई नेपाली भूमिमा समेत राम्रो समर्थकको साथ मिलेको छ । नेपालविरुद्ध ब्याटिङमा उत्रँदा होस् वा खेल सुरु हुनु अघि अभ्यास गर्दा, उनलाई नेपाली समर्थकले उनकै नामले समर्थन गर्दै थिए ।

खेल सकिए लगत्तै उनीसँग फोटो खिच्न समर्थकले सुरजलाई मैदान छेउमै बोलाएका थिए ।

सुरज पहिलो पटक काठमाडौं आउँदा निकै खुसी छन् । दोस्रो पटक नेपाल आएका सुरज यसअघि ६–७ वर्षको हुँदा बाग्लुङमात्र आएका थिए ।

’काठमाडौंआउँदा निकै खुसी छु ।’ सुरजले थपे, ’६–७ वर्षको सानो बेला नेपाल आएको थिए तर काठमाडौं भने पहिलो पटक हो ।’

सुरजका आमा बुवा समेत उनलाई समर्थन गर्न नेपाल आएका छन् । उनको सफलतामा घर परिवार सबै खुसी रहेको उनी सुनाउँछन् ।

३१ वर्षे सुरजले नेपालविरुद्ध रन जोड्न नसके पनि अमेरिकाविरुद्ध ३५ बलमा ३३ रनको अविजित पाली खेलेका थिए । ओमानको ६ विकेट जितमा सुरजले मोहमद नदीमसंग ६३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

Image may contain: 2 people, people playing sports and outdoor

खेलाडी र प्रशिक्षकको मेहनतका कारण हाल ओमानले क्रिकेटमा फड्को मारेको बताउँछन् ।

’खेलाडी तथा प्रशिक्षक सबै मेहनती छन् । सबै आफ्नो फिट्नेसमा ध्यान दिन्छन् । त्यसैले टिम अघि बढ्दै छ ।’ ओमानले पछिल्लो समय क्रिकेटमा उल्लेखनीय सफलता हात पार्नुको कारण उनले बताए ।

सुरज नेपालबाट माया पाउँदा साह्रै खुसी लागेको बताउँछन् । करिब ४ महिनाअघि ओमानले आतिथ्यता गरेको पाँच देशीय सिरिजमा नेपालविरुद्ध खेलेका सुरजलाई नेपाली समर्थकले राम्रोसंग चिनेका थिए ।

त्यसयता उनलाई नेपाली समर्थकले नेपाली खेलाडीलाई जस्तै माया गर्न थालेको उनी बताउँछन् ।

तस्बिर - क्यान 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

Bajaj Pulsar Motorcycle Ad
अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट