जोफ्राले आईपीएल गुमाउने
बिहिबार, २३ माघ २०७६खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डका फास्ट बलर जोफ्रा आर्चरले श्रीलंकाविरुद्धको टेष्ट सिरिज र इन्डियन प्रिमियर लिग (आईपीएल) गुमाउने भएका छन् ।
दाहिने हातको चोटको कारण जोफ्राले श्रीलंकासँगको सिरिज र आईपीएल आउने सिजनको खेल गुमाउने भएका हुन् ।
इंग्ल्यान्डले आगामी मार्चमा दुई टेष्टको लागि श्रीलंका भ्रमण गर्नेछ । यस्तै मार्चको अन्तिममा आईपीएल सुरु हुदैछ । जोफ्रा राजस्थान रोयल्समा रहेका छन् ।
दक्षिण अफ्रिका भ्रमणको दौरान जोफ्राले दाहिने हातको कुहिनाको चोट बोकेका थिए । जसको कारण २४ वर्षे बलर जोफ्राले अन्तिम टेष्ट समेत गुमाएका थिए ।
बुधबार चोटको स्क्यान गरेर हेर्दा उनले कम्तिमा ३ महिना विश्राम गर्नु पर्ने देखिएको छ ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)

