बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेपाली समर्थकको ओमानद्वारा प्रशंसा

बुधबार, माघ २२, २०७६विश्वास थापा
नेपाली समर्थकको ओमानद्वारा प्रशंसा
Classic Tech Internet Ad

काठमाडौं । ओमान क्रिकेट टिमले नेपाली क्रिकेट समर्थकको खुलेर प्रशंसा गरेको छ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिज खेल्न नेपाल आएको ओमानले पहिलो खेल हेर्न आएका समर्थकको प्रशंसा गरेको हो ।

नेपाली समर्थकको साथ पाएकोमा ओमानका खेलाडी खुसी देखिएका थिए ।

’समर्थकको भीड उल्लेखनीय थियो । समर्थकले दुवै टिमको समर्थन गरे ।’ ओमनका कप्तान जिसन मक्सुदले भने, ’खाली रंगशालामा खेल्न मजा आउँदैन । क्रिकेट खेल नै यस्तै हो । यस्तै समर्थकको साथ फेरी पाउने अपेक्षा छ ।’

एसोसियट राष्ट्रको खेलमा बिरलै समर्थकको भिड देखिने गर्छ । घरेलु टिमले समेत मैदानमा सिमित संख्यामा समर्थकको साथ पाउने गर्छन् । एसोसियट मात्र नभएर कतिपय टेष्ट राष्ट्रमा समेत उस्तै खराब हुन्छ ।

तर नेपालको अवस्था फरक छ । नेपालको कुनै पनि अन्तराष्ट्रिय खेलमा समर्थकको बाक्लो उपस्तिथी हुने गर्दछ । उनीहरुले नेपालसंगै विपक्षी टिमको समेत समर्थन गर्ने गरेको देखिन्छ ।

नेपाली टिमको समर्थन गर्न आएका दर्शकले खेल हातबाट फुत्किएको अवस्थामा विपक्षी टिमको समेत समर्थन गर्ने गर्छन् ।

ओमनविरुद्धको खेलमा नेपाली टिम हाबी रहेको (५७ रनको स्थितीमा ५ विकेट गुमाएको बेला) ओमानले ३६ औं ओभरमा १ सय पुर्याउदा सबै समर्थकले ताली बजाएका थिए ।

यस्तै ओमनका नदीमले अर्धशतक पुरा गर्दा समेत नेपाली समर्थकले स्वागत गरेका थिए । जवाफमा नदीमले समेत ब्याट समर्थकतर्फ देखाएर खुसी मनाएका थिए ।

’समर्थकले दुवै टिमलाई समर्थन गरेको देख्दा खुसी लाग्यो । थुप्रै देशमा यस्तो हुँदैन तर नेपाली समर्थकले दुवै टिमको समर्थन गरेको देख्दा कदर गर्छौं ।’ खेलका म्यान अफ दी म्याच बनेका मोहमद नदीमले समर्थकलाई धन्यवाद दिंदै भने ।

खेलमा घरेलु टिम ओमनसंग नेपाल १८ रनले पराजित भएको थियो । नेपाली टिम ब्याटिङमा चुक्दा एतिहासिक घरेलु मैदानमा खेलिएको एकदिवसीय अन्तराष्ट्रिय जितबाट पछाडी परेको थियो ।

नेपालको इनिङ्समा सुरुवाती क्रमका ब्याट्सम्यान चल्न नसक्दा टिम पराजित भएको हो । नेपाल आफ्ना ओपमन दुवै खेलाडीलाई ४ रनमा गुमाउँदा दबाबमा आएको थियो ।

त्यसपछिका ब्याट्सम्यान दिपेन्द्र ऐरी र शरद भेसवाकरले अर्धशतकीय साझेदारी गर्दै टिमलाई लयमा फर्काएका थिए ।

तर नदीमले दिपेन्द्रलाई एलबीडब्लुको धरापमा पारेपछि नेपाली टिम पुन दबाबमा आएको थियो । दिपेन्द्रपछि आरिफ शेख र रोहित लगातार आउट भए ।

बिनोद भण्डारी र सन्दीप लामिछानेले आक्रमक क्रमश २६ र २८ रन बनाउँदा नेपालले हार अन्तर कम गरेको थियो ।

विनोदको विकेटपछि सन्दीप र शरदले ३८ रनको शाझेदारी गर्दा जितको झिनो आस देखिएपनि शरद व्यक्तिगत ५५ रनमा आउट हुँदा खेल औपचारिकतामा बाँकी रहेको थियो ।

लिग अन्तर्गत अब नेपालले अमेरिकासँग शनिबार खेल्नेछ ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

Bajaj Pulsar Motorcycle Ad
अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट