काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले संकटा क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटा क्लबले १-० को अग्रता बनाएको छ ।
खेलको २१ औं मिनेटमा अजयी मार्टिन्सको गोलबाट संकटाले अग्रता बनाएको हो । उनले क्षितिज राज जिटीको पासमा गोल गरेका हुन् ।
आज दुवै टिम जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा रहेका छन् ।
लिगमा शेर्पा ७ अंक सहित १२ औं स्थानमा छ । यस्तै संकटा १२ अंक सहित तालिकाको ८ औं स्थानमा छ ।
शेर्पाविरुद्ध जित निकालेको खण्डमा संकटा छैठौं स्थानमा उक्लने छ । शेर्पा पनि संकटालाई हराउँदै दशौं स्थानमा उक्लने दाउमा छ ।