एजेन्सी । विगान एथ्लेटिकका डिफेन्डर एन्टोनी रोबिन्सन ईटालियन जायन्ट एसी मिलानमा अनुबन्धन भएका छन् ।
ईङ्ल्याण्डको दोस्रो डिभिजन क्लबका डिफेन्डर १० मिलियन पाउण्डमा एसी मिलान आएका हुन् ।
सिरि ए क्लबले २२ बर्षका डिफेन्डरसंग केही हप्तादेखि छलफल गरिरहेको थियो । तर खेलाडी सरुवाले बिहिबार अन्तिम रुप पाएको हो ।
सन् २०१९ मा उनी एभर्टनबाट तीन बर्षका लागि लोनमा विगानमा आएका थिए ।
रोबिन्सनले ११ बर्षको उमेरमा एभर्टनमा आएका थिए । तर उनले पहिलो टिमबाट खेल्न पाएनन् ।
उनी सन् २०१८ का समरमा लोनमा विगान आएका थिए ।
विगानका प्रशिक्षक पाउल कुक रोबिन्सनलाई गुमाउन चाहदैन थिए । क्लब रेलिगेशन जोनमा रहेको अवस्थामा रोबिन्सनको स्थानान्तरले क्लबलाई थप घाटा पर्नेछ ।