संखुवासभा । मिर्मिरे क्लब तामाफोक चौथौं संस्करणको मादी नगर रनिङ कप पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजक हाङथुङ क्लबको मैदान बिहिबार भएको उद्घाटन खेलमा अमर ज्योति क्लब मोरङलाई टाईब्रेकरमा ५-४ ले पराजित गर्दै मिर्मिरेले सेमिफाइनलमा पुगेको हो ।
निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो । टाइब्रेकरमा भने मिर्मिरे सफल भयो ।
टाइब्रेकर अघि मिर्मिरेका लागि अनिल जिमीले दुई गोल गरे । अमर ज्योतिका सोनाम भुजेलले दुई गोल गरे ।
प्रतियोगिता अन्तर्गत शुक्रबार ३ खेल हुनेछ । पहिलो खेलमा एडभान्स मानेभञ्ज्याङ र छ थर संखुवासभाबीच खेल हुँदा दोस्रो खेलमा देउराली धनकुटा र आदर्श झापा तथा तेस्रो खेलमा आयोजक हाङ्थुङ र सुनसरीबीच खेल हुनेछ ।

प्रतियोगिता माघ १६ देखि २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले १ लाख १५ हजार र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विधागततर्फका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।