एरिक्सन इन्टर मिलानमा अनुबन्धित
मंगलबार, १४ माघ २०७६खेलपाटी संवाददाता

एजेन्सी । इन्ग्लिश क्लब टोटेनहमका मिडफिल्डर क्रिस्टियन एरिक्सन इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन् ।
डेनमार्कका २७ वर्षे एरिक्सनलाई इन्टरले १६.९ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
एरिक्सनले यस सिजन टोटेनहमका लागि २८ खेल खेलेका थिए ।
एरिक्सनले टोटेनहममा साढे ६ वर्ष रहदा ३ सय ४ खेलमा ६९ गोल गरेका छन् ।
इन्टर यस सिजन लिग लिडर युभेन्ट्स भन्दा ३ अंकले पछि रहेको छ ।










-1765539955299.jpeg&w=3840&q=75)

