स्वारेज ४ महिना मैदान बाहिर
आइतबार, २७ पौष २०७६खेलपाटी संवाददाता

एजेन्सी । बार्सिलोनाका फरवार्ड लुइस स्वारेज ४ महिना मैदान बाहिर रहने भएका छन् ।
घुँडाको चोटको शल्यक्रिया गरेपछि स्वारेज ४ महिना मैदान बाहिर रहने भएका हुन् । स्वारेजको दायाँ घुँडाको आइतबार शल्यक्रिया गरिएको छ ।
बार्सिलोनाले आइतबार प्रेस विज्ञप्ति निकाल्दै स्वारेज लामो समय मैदान बाहिर रहने जनाएको छ ।
'पहिलो रोजाईका खेलाडी लुइस स्वारेजको घुँडाको शल्यक्रिया आइतबार डा रामोन कगाटबाट गरिएको छ,' बार्सिलोनाले भनेको छ, 'उरुग्वेका स्ट्राइकर सम्भवत ४ महिना मैदान बाहिर रहनेछन् ।'
उरुग्वेका ३२ वर्षे फरवार्ड स्वारेजले यस सिजन २३ खेलमा १४ गोल गरेका छन् ।










-1765539955299.jpeg&w=3840&q=75)

