एजेन्सी । बार्सिलोनाको फरवार्ड लुईस स्वारेजको घुँडाको शल्यक्रिया गरिएको छ ।
पछिल्लो समय दायाँ घुँडामा चोट बल्झिएपछि शल्यक्रिया गरिएको हो ।
शल्यक्रियासंगै स्वारेज कम्तिमा ६ हप्ता मैदान बाहिर रहनेछन् ।
स्वारेजले शुक्रबार स्पेनिस सुपरकपको सेमिफाईनलको खेलमा पुरै समय मैदानमा बिताएका थिए ।
खेल लगत्तै उनको घुँडामा थप समस्या देखिएको थियो । सो खेलमा बार्सिलोना ३–२ ले पराजित भएको थियो ।
स्वारेज चालू सिजन निकै फर्ममा छन् । ३२ बर्षका फरवार्डले यस सिजन २३ खेलमा सहभागीता जनाएका छन् । उनले १४ गोल गरेका छन् ।
बार्सिलोनालाई चोट ग्रस्त खेलाडीको सूचि थपिएको छ । उसमान डेम्बेलेपछि स्वारेज समेत लामो समय मैदान बाहिर रहने भएका छन् । बार्सिलोना ला लिगाको शीर्ष स्थानमा छ ।