काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग खेलिरहेको क्लब ब्रिगेड ब्वाईज क्लबलाई नेपाल इन्भेस्टमेन्ट बैंकले प्रायोजन गरेको छ ।
'ए' डिभिजन लिगमा यसै सिजन शतक खेल पुरा गरेको ब्रिगेडलाई बैंकले एक वर्षको लागि १२ लाखको प्रायोजन गरेको हो ।
क्लबले शुक्रबार बैंकसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौतासँगै बैंकले क्लबलाई १२ लाख नगद उपलब्ध गराउनेछ ।
यस सिजन ब्रिगेडले मिश्रित प्रदर्शन गरिरहेको छ ।