सदस्य–सचिव विष्ट इन्डोनेसिया प्रस्थान
सोमबार, साउन २१, २०७५खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट सोमबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेका छन् ।
सदस्य–सचिव विष्ट एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको सेभ दि मिसन रहेका छन् । अगष्ट ७ तारिखमा जकार्तामा हुने सेभ दि मिसनको बैठकमा सहभागी हुन सदस्य–सचिव विष्ट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सदस्य–सचिव विष्टसंगै नेपाल ओलम्पिक कमिटीका सुजनलाल श्रेष्ठ पनि इन्डोनेसिया प्रस्थान गरेका छन् ।
आगामी भदौ २ गतेदेखि सुरु हुने एसियन गेम्समा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउदै छ ।















-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)