एजेन्सी । वेस्ट ह्यामले व्यवस्थापक म्यानुअल पेलेग्रिनीलाई बर्खास्त गरेको छ ।
घरेलु मैदानमा लेस्टर सिटीसंग २–१ ले पराजित भएसंगै क्लबले पेलेग्रिनीलाई बर्खास्त गरेको हो ।
पछिल्ला १२ खेलमा वेस्ट ह्याम ९ खेलमा पराजित छ ।
शनिबार लेस्टरसंग पराजित हुँदै वेस्ट ह्याम तालिकाको १७ औं स्थानमा झरेको छ । क्लब रेलिगेशन जोन भन्दा मात्र एक अंकले माथि छ ।
वेस्ट ह्यामका पुर्व प्रशिक्षक डेविड मोयसलाई क्लबको सम्भावित प्रशिक्षकको रुपमा हेरिएको छ । उनैले पेलेग्रिनीलाई स्थानान्तरण गर्न सकिने बताईएको छ ।
‘निकै निराशाको साथ यो निर्णय लिन परेको छ ।’ क्लबका अध्यक्ष डेविड सुलिवनले भनेका छन् ।
‘यो स्पष्ट भएको छ कि क्लबलाई यस सिजन हाम्रो महत्वकांक्षा अनुसार मैदानमा फर्कन केही परिवर्तनको आवश्यकता छ ।’ उनले भने, ‘हामीले महशुश गरेका छौ कि नयाँ व्यवस्थापकलाई उसलाई लक्ष्य प्राप्ती गर्नका लागि चाहिने समय दिन यस निर्णय आवश्यक छ ।’
पेलिग्रिनी १८ महिनामै क्लबबाट बर्खास्तमा परेका हुन् । उनी सन् २०१८ को मेमा तीन बर्षका लागि क्लबसंग जोडिएका थिए ।
खेल सकिएको दुई घण्टामा क्लबले उनलाई बर्खास्त गरेको हो ।
उनले गत सिजन वेस्ट हयामलाई रेलिगेशन जोनबाट बचाउँदै १३ औं स्थानमा रहेर लिगको अन्त्य गराएका थिए ।
वेस्ट ह्याम आउनु अघि उनले ११ बर्ष एभर्टन र म्यान्चेष्टर युनाईटेडमा बिताएका थिए ।