एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहमले संघर्षपूर्ण जित निकालेको छ ।
बिहिबार भएको खेलमा टोटेनहमले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर टोटेनहमले जित निकालेको हो ।
टोटेनहमको जितमा ह्यारी केन र डेली अलीले एक एक गोल गरे । ब्राइटनका एडम वेब्स्टरले एक गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता भने ब्राइटनले बनाएको थियो । खेलको ३७ औं मिनेटमा एडमले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए ।
तर, ५३ औं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलको ७२ औं मिनेटमा अलीले गोल गर्दै टोटेनहमलाई २-१ को जित दिलाए ।
जितसँगै टोटेनहमले १९ खेलबाट २९ अंक जोडेको छ । टोटेनहम लिगको पाँचौ स्थानमा समेत उक्लिएको छ ।
ब्राइटन २० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
