• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अनि बन्यो शतक !
विश्वास थापा
बुधबार, पुस २, २०७६ विश्वास थापा
अनि बन्यो शतक !

पोखरा । पीपीएलमा बुधबार काठमाडौं गोल्डेन र धनगढी ब्लुज बीचको खेल थियो ।

मौषम प्रतिकुल बनेपछि टसको समय धकेलियो । अनि खेल १७ ओभरमा हटाईयो ।

टसका लागि दुवै टिमका कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरी मैदानतर्फ लम्किएका थिए । ज्ञानेन्द्रले सिक्का हावामा घुमाए, ऐरीले हेड रोजे ।

सिक्कामा हेड पल्टियो, ऐरीले फिल्डिङ रोजे ।

टस हारेपछि मल्लको मुहार मलिनो देखिन्थ्यो ।

लगातार दुई खेलमा पराजित भएको काठमाडौंका लागि तेस्रो खेल जित्नै पर्ने थियो ।

बिहानको खेल । त्यसमा समेत घाम नलागेको अवस्था थियो ।

पहिले ब्याटिङ गर्दा थोरै रन बन्ने डर उनमा देखिन्थ्यो ।

मैदान छिर्नुअघि पिच ’रिडिङ’ गरेका मल्लले समेत पहिले फिल्डिङ गर्ने सोचेका थिए ।

’टस जितेको भए फिल्डिङ रोज्ने थियौं । तर पहिले ब्याटिङ गर्न समेत तयार थियौं ।’ खेलपछि मल्लले भने, ’सुरुमा बलिङ गर्दा पनि बलरलाई ’ग्रिप’ पाउन मुस्किल हुन्छ भन्ने थियो । त्यसैले टसले केहि फरक परेको थिएन ।’

काठमाडौं गर या मरको स्थितीमा थियो । तर खेल सकिदाँ १ सय ६ रनको फराकिलो जित हात पार्यो । कप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी शतक प्रहार गरे ।

जितसंगै काठमाडौंले अघिल्लो चरण प्रवेशको सम्भावना जिवित राख्यो ।

मल्लले मात्र ३८ बलमा ८ चौका र ९ छक्का प्रहर गर्दै शतक बनाए ।

पीपीएलको ईतिहासमा शतक प्रहार गर्ने मल्ल पहिलो खेलाडी बने ।

नेपालमा हुने तीन ठुला फ्रेन्चाइज (डिपिएल, इपिएल र पीपीएल)मा शतक हान्ने उनी दोस्रो नेपाली खेलाडी बने ।

पहिलो संस्करणको ईपीएलमा आसिफ शेखले शतक प्रहार गरेका थिए ।

ईपीएल फाइनलमा उनले ५९ बलमा शतक प्रहार गर्दै पन्चकन्य तेजलाई उपाधि दिलाएका थिए ।

मल्लले प्रहार गरेको शतक नेपाली फ्रेन्चाइज लिगको सर्वाधिक छिटो शतक समेत हो ।

पछिल्लो २ खेलमा मल्लले मात्र १६ रन बनाएका थिए ।

शतकसंगै मल्ल जारी लिगमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् ।

काठमाडौंलाई जितको विकल्प थिएन । सोही अनुसार आक्रामक खेल्ने रणनीतिमा काठमाडौं मैदान उत्रिएको थियो ।

’जित्नै पर्ने थियो । १७ ओभरको खेल थियो । जति सक्दो धेरै रन बटुल्ने प्रयास थियो । एक साइड (बाउण्ड्री लाइन) अलि सानो थियो ।’ मल्लले भने, ’आक्रामक शैलीमा खेल्नु जरुरी पनि थियो । जित्नु बाहेक अन्य विकल्प थिएन । सबै खेलाडी आक्रामक शैलीमा खेल्ने तयारीमा थिए ।’

सकेको रन बटुल्ने क्रममा शतक नजिक पुगेका ज्ञानेन्द्रले ९० रन जोड्दा समेत लामो शट प्रहार गर्दै थिए ।

९९ रनमा पुगेपछि नन स्ट्राइकमा रहेका खेलाडी (कोल्सावाला)ले पहिला शतक पुरा गर्ने सल्लाह दिए । अनि बल्ल शतकको बारेमा सोचेको मल्लले बताए ।

’९९ रनमा पुगेपछि ननस्ट्राइकमा रहेको खेलाडीले एक ‘सिंगल’ लिनु, अनि जे गरे पनि हुन्छ भनेका थिए । त्यसैले ९९ रनमा पुगेर एक रनको बारेरमा सोचेको हुँ ।’ मल्लले थपे, ’त्यसअघि जतिसक्दो रन बनाउने भन्ने मात्र थियो । हामीले रन बनाइरहेका छौं भने अर्को टोलीले पनि बनाउन सक्छ भन्ने कुराले दबाब पनि थियो ।’

ज्ञानेन्द्रले गत महिना भएको दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध पहिलो अन्तराष्ट्रिय टी ट्वान्टी शतक बनाएका थिए । ५३ बलमा शतक पुरा गरेका मल्ल नेपालको लागि अन्तराष्ट्रिय टी ट्वान्टीमा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि टी–ट्वान्टी अन्तराष्ट्रियमा पुर्व कप्तान पारस खड्काले मात्र शतक बनाएका थिए ।

खेलमा २४ बलको सामना गर्दै ७ चौका र ३ छक्का प्रहार गरेर अर्धशतक बनाएका मल्लले त्यसको १३ बलमा शतक पुरा गरेका थिए । शतक पुरा गर्न मल्लले थप १ चौका र ७ छक्का प्रहार गरे ।

ब्याटमा राम्रोसंग बल ’कनेक्ट’ भएको कारण शतक सम्भब भएको मल्ल बताउँछन् ।

’ब्याटमा बलले पनि साथ दिएको थियो । टिमको रूपमा अमित (श्रेष्ठ) र कोसवाला (जयक्रिसन) ले उत्कृष्ट सुरुआत दिए । त्यसलाई निरन्तरता दिन सफल भयौँ ।’ मल्लल थपे ।

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
पोखराले गर्‍यो कप्तान कुशललाई रिटेन
पोखराले गर्‍यो कप्तान कुशललाई रिटेन
शानदार जित सहित नेपाल सेमिफाइनलमा
शानदार जित सहित नेपाल सेमिफाइनलमा
नेपालको ४२० रनको स्कोर !
नेपालको ४२० रनको स्कोर !
करन सहित ६ खेलाडी रिटेन
करन सहित ६ खेलाडी रिटेन
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP