पुनितको अर्धशतकमा पोखरालाई १ सय ४६ रनको लक्ष्य
बुधबार, ०२ पौष २०७६खेलपाटी संवाददाता

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा विराटनगर टाईटन्सले साविक विजेता पोखरा पल्टनलाई १ सय ४६ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रन बनायो ।
विराटनगरका लागि पुनित मेहेराले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले २६ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै सुनिल धमलाले ३६ रन जोड्दा मोहमद जायद आलमले २६ रन बनाए ।






%20(2)-1777978001805.jpeg&w=3840&q=75)






