आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एसियन गेम्स खेल्ने नेपाली खेलाडीको नामावली (सूचीसहित)

शनिबार, १९ श्रावण २०७५खेलपाटी संवाददाता
एसियन गेम्स खेल्ने नेपाली खेलाडीको नामावली  (सूचीसहित)
mustang rice ad

काठमाडौं । इन्डोनेसियामा आयोजना हुने १८ औं संस्करणको एसियन गेम्स आजबाट सुरु हुँदैछ । एसियन गेम्सको लागि नेपालबाट सहभागी हुने खेलाडीहरु इन्डोनेसिया पुगिसकेका छन्  । आगामी भदौ १७ गतेसम्म आयोजना हुने एसियन गेम्समा नेपालबाट २९ खेलका खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

एसियन गेम्स खेल्ने खेलाडीसंगै प्रशिक्षक एवं व्यवस्थापकको टु्ङ्गो यसअघि नै लागिसकेको छ । इन्डोनेसियामा महिला र पुरुष समावेश गरि १८५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । यस्तै २९ खेलबाट ४८ प्रशिक्षक, २३ ब्यबस्थापक र एक दोभासे इन्डोनेसिया गएका छन् ।

जाकर्ता र पालेमबाङमा हुने एसियन गेम्समा कुन खेलबाट को-को खेलाडीले खेल्दै ?

एसियन गेम्समा सहभागि हुने भारोत्तोलनतर्फ विकास थापा, कमल बहादुर अधिकारी, सञ्जु चौधरी, तारा देवी पुन रहेका छन् । प्रशिक्षकमा दिनेश भुजेल तथा व्यवस्थापकमा वृजेन्द्र बिक्रम शाह रहेका छन् ।

त्यस्तै, बक्सिङतर्फ तेजबहादुर देउवा, प्रेम चौधरी, भुपेन्द्र थापा, दिपक श्रेष्ठ, विण्णु प्रसाद घले, बिमला श्रेष्ठ, संगिता सुनुवार, पुनम रावल रहेका छन् । प्रशिक्षकमा दिपक महर्जन र प्रकाश थापा तथा व्यवस्थापकमा भेषराज सिटौला रहेका छन् ।

आर्चरी खेलाडीमा मिनप्रसाद गौचन, तिलक पुनमगर, रोशन नगरकोटी, असिम शेरचन, ज्ञानु अवाले छन् । प्रशिक्षकमा रमेश सिवाकोटी तथा व्यवस्थापकमा दिपकराज गुरुङ छन् ।

शुटिङतर्फ कल्पना परियार, सुस्मिता नेपाल, सुरेश चौधरी रहेका छन् । प्रशिक्षकमा शकुन्तला श्रेष्ठ तथा व्यवस्थापकमा ध्रुव रायमाझी छन् ।

एथलेटिक्सतर्फ यामसाजन सुनार, गोपीचन्द्र पार्की, कृण्ण  बस्नेत, सोमबहादुर कुमाल, सरस्वती भट्टराई, विश्वरुपा बुढा रहेका छन् । प्रशिक्षकमा अमिरी यादव तथा व्यवस्थापकमा शान्ति सिंह  छन् ।

यस्तै, टेबल टेनिसतर्फ स्यान्टु श्रेष्ठ, दिप साउन, अमरलाल मल्ल, नविता श्रेष्ठ, रविना महर्जन, स्वेच्छा नेम्वाङ्ग छन् । प्रशिक्षकमा अनिल घिमिरे, सञ्जीव ढुङ्गेल तथा व्यवस्थापकमा सुदील शाही रहेका छन् ।

करातेतर्फ सोनाम लामा, बिजय लामा, दिवस श्रेष्ठ, पर्शुराम बास्तोला, चन्चला दनुवार, अनु अधिकारी, सुनिता महर्जन, रिता कार्की छन् । प्रशिक्षकतर्फ हिरासिंह डंगोल, दिपक श्रेष्ठ र दिपक श्रेष्ठ तथा व्यवस्थापकमा यानकुमारी गुरुङ रहेका छन् ।

त्यस्तै, व्याटमिन्टनतर्फ रत्नजीत तामाङ्ग, दिपेश धामी, नबिन श्रेष्ठ, बिकाश श्रेष्ठ, नबशल तामाङ्ग, अमिता गिरी, जेशिका गरुङ्ग, रसिला महर्जन रहेका छन् । प्रशिक्षकमा सुदीप योञ्जन र जयन्त कुमार श्रेष्ठ तथा व्यवस्थापकमा वीरेन्द्र श्रेष्ठ छन् ।

प्याराग्लाइडिङतर्फ बिमल अधिकारी, बिशाल थापा, सुशिल गुरुङ्ग, बिजय गौतम, युकेश गुरुङ्ग, पार्वती भुजेल, सबिता तामाङ्ग, त्रिशा श्रेष्ठ रहेका छन् । प्रशिक्षकमा सानुबाबु सुनुवार र योगेश भट्टराई तथा व्यवस्थापकमा शैलेन्द्र रावत रहेका छन् ।

कवड्डीतर्फ लालमोहोर यादव, नागेश्वर थारु, महेश बोहोरा, बजय चन्द, रञ्जीत गजमेर, दुर्गा कुमाल, भुपेन्द्र चन्द, अशोक थापा, सागर चौधरी, अमित कुँवर, महेश मण्डल, कुमार लामा रहेका छन् । प्रशिक्षकमा तारासिंह भाट तथा व्यवस्थापकमा अरविन्द कुमार झा रहेका छन् ।

साइक्लिङतर्फ लक्ष्मी मगर, राजेश मगर, बुद्धि वहादुर तामाङ रहेका छन् । प्रशिक्षक तथा व्यवस्थापकमा देवेन्द्र बस्नेत छन् ।

सेपाकताक्रोतर्फ रुपेश सुनार, रबिन भट्टराई, गोविन्द मगर, दिपेश जंग थापा, संजित धिमाल रहेका छन् । प्रशिक्षकमा गंगा बहादुर गुरुङ्ग तथा व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ छन् ।

क्लाइम्विङ स्पोर्ट्समा प्रनिल मान श्रेष्ठ, पेम्बा श्रेष्ठ रहेका छन् । प्रशिक्षक र व्यवस्थापकमा मेघराज पौडेल छन् ।

नेपाल पेनकेक सिलाततर्फ बिबेक कुमार बि.क खेलाडीकाे रुपमा रहेका छन् । प्रशिक्षक तथा व्यवस्थापकमा दोर्जे लामा छन् ।

भलिबलतर्फ इम वहादुर मगर, हरि वहादुर अधिकारी, इश्वर थापा, दिनेश राज गिरी, राजु शेरचन, धन वहादुर भट्ट क्षेत्री, नरेन्द्र गिरी, मान वहादुर श्रेष्ठ, कुल वहादुर थापा, दिपक राज जोशी, भैरब वहादुर बम र बिशाल वहादुर बि.क. रहेका छन् । प्रशिक्षकमा जगदीश भट्ट र लिस्ले डि जोन्जी तथा व्यवस्थापकमा भरत बहादुर शाह छन् ।

ट्रायथलनतर्फ बसन्त थारु, दिपेश चौधरी, सोनी गुरुङ्ग, रोजा के.सी रहेका छन् । प्रशिक्षकतर्फ पुष्परत्न वज्राचार्य तथा व्यवस्थापकमा युवराज सुनुवार छन् ।

कुस्तीमा भागवत शाह, सरोज यादब र सुरेश चुनारा छन् । प्रशिक्षकमा खगेन्द्र बस्नेत तथा व्यवस्थापकमा उपेन्द्र यादव छन् ।

फेन्सिनतर्फ राजन राज खड्का, महेश प्रसाद भट्ट, शेर सिंह ऐर, संजिव लामा, कमल श्रेष्ठ, रबिना थापा, अस्मिता बस्नेत र मिनादेबि पौडेल रहेका छन् । प्रशिक्षकमा अभिषेक कार्की र जलेन्द्र शाही तथा व्यवस्थापकमा हेल्गा राणा रायमाझी रहेका छन् ।

उसुतर्फ बिजय सिंजाली, युवराज थापा, पदम ठकुल्ला, मंगल प्रसाद थारु, बीरमान लामा, चित्र सिंह ठकुरी, सुस्मिता तामाङ्ग, निमा घर्तीमगर, जुनी राई, लुमन्ती श्रेष्ठ रहेका छन् । प्रशिक्षकमा अम्बर कुमार थिब, फत्तबहादुर लामा र शैलेन्द्र श्रेष्ठ छन् । व्यवस्थापकमा लाक्पा छिरिब शेर्पा छन् ।

जुडोतर्फ इन्द्र वहादुर श्रेष्ठ, संजीत डंगोल, श्रीराम मकाजु, रबीन श्रेष्ठ, देविका खडका, मनिता श्रेष्ठ प्रधान, फुपु ल्हमु खत्री, पुनम श्रेष्ठ छन् । प्रशिक्षकमा चन्द्रकुमार डंगोल, देवु थापा, दान एलेरेका तथा व्यवस्थापकमा सुरजकाजी डोटेल रहेका छन् ।

कुराँसतर्फ उपेन्द्र थापा, भगवती माझी तथा प्रशिक्षक तथा व्यवस्थापकमा दिपक श्रेष्ठ छन् ।

गल्फतर्फ टंक वहादुर कार्की, शुक्र वहादुर राई, अजित बि.क., पृथ्वी मल्ल छन् । प्रशिक्षकमा दिपक आचार्य तथा व्यवस्थापकमा चन्द्रकुमार राई रहेका छन् ।

बास्केटबलतर्फ अजय कुशवाह, निश्चल महर्जन, मबिन्द्र भण्डारी, मनिष केसी, अनुषा मल्ल, एलिना गुरुङ्ग, भावना लामा, श्रृया खड्का छन् । पुरुष व्यवस्थापक प्रशिक्षकमा विकास शाही तथा पहिला व्यवस्थापक तथा प्रशिक्षकमा सदिना श्रेष्ठ छन् ।

लन टेनिसतर्फ अभिषेक वास्तोला, संरक्षक भुषण बज्राचार्य, मायंका राणा, माहिका राणा रहेका छन् । प्रशिक्षकमा सूर्य भूषण वज्राचार्य र सृष्टि थापा तथा व्यवस्थापकमा केशवराज पाण्डे रहेका छन् ।

स्केटबोर्डतर्फ निरिश थापा तथा प्रशिक्षक व्यवस्थापकमा जेम्स व्रायड विल्सन रहेका छन् ।

फुटबलतर्फ किरण कुमार लिम्बु, एलान न्यौपाने, सोजित गुरुङ, अनन्त तामाङ्ग, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, रोहित चन्द, हेमन्त गुरुङ्ग, हेमन्त थापामगर, गौरब बुढाथोकी, छिरिब गुरुङ्ग, अन्जन विष्ट, सुनिल बल, विशाल राई, सुमन लामा, अभिषेक रिजाल, तेज तामाब, विमल घर्तीमगर छन् ।

प्रशिक्षकमा गेटुको कोजी, बालगोपाल महर्जन र नविन महर्जन तथा व्यवस्थापकमा बाबुकाजी बस्नेत छन् । दोभाषेमा रोशन तुलाधर छन् ।

तेक्वान्दोतर्फ सागर गुभाजु, बिर वहादुर महरा, ज्ञानेन्द्र हमाल, भुपेन श्रेष्ठ, अनोज पुजारी, अस्मिता खड्का, निमा गुरुङ्ग, ज्ञानी चुनारा, संगीता बस्याल, निशा रावल, कमल श्रेष्ठ, पार्वती गुरुङ्ग, सिना मादेन, निता गुरुङ्ग छन् । प्रशिक्षकमा संगीना वैद्य, दिपक विष्ट, नोर्वु लामा, वद्री घिमिरे तथा व्यवस्थापकमा नन्द कुमार राई छन् ।

पौडीतर्फ शिरीष गुरुङ्ग, सुगम श्रेष्ठ, गौरीका सिंह, टिशा शाक्य छन् । प्रशिक्षकमा ओबदेन लामा तथा व्यवस्थापकमा राजेन्द्र श्रेष्ठ छन् ।

खेल स्क्वासमा अरहान्त केशर सिंह, अमृत थापा मगर, ज्ञानु चौधरी, राजेन्द्र शाक्य रहेका छन् । प्रशिक्षकमा हिरा बहादुर थापा तथा व्यवस्थापकमा सुरेश गुरुङ छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Bajaj Pulsar Motorcycle Ad
सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा