एजेन्सी । इन्ग्लिश क्लब एभर्टनले कार्लो एन्सेलोटीलाई मुख्य प्रशिक्षक बनाउने तयारी थालेको छ ।
एभर्टनले सोमबार ६० वर्षीय प्रशिक्षक एन्सेलोटीसँग छलफल गरेको छ ।
एभर्टनले एन्सेलोटीसहित अन्य धेरै प्रशिक्षकसँग कुराकानी गरिरहेको छ । यद्दपी क्लबले तीन पटकको च्याम्पियन्स लिग बिजेता एन्सेलोटीलाई प्रमुख उम्मेदवारको रुपमा हरेको छ ।
मार्को सिल्भालाई बर्खास्त गरेपछि एभर्टन प्रशिक्षक बिहीन रहेको छ । एभर्टनले कार्यबाहक प्रशिक्षक डनक्यान फर्गुसनको नेतृत्वमा खेलिरहेको छ ।
यता इटालियन प्रशिक्षक एन्सेलोटी हालै नापोलीबाट बर्खास्तमा परेका थिए । क्लबलाई च्याम्पियन्स लिगको नकआउट चरणमा पुर्राएलगत्तै उनी बर्खास्तीमा परेका थिए ।