काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको नयाँ सिजन आज (शनिबार) बाट सुरु हुदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपरान्ह ३ बजे मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीचको खेलसँगै लिगको सुरुवात हुनेछ । प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ ।
लिगमा कुन कुन टिम ?
नेपालको घरेलु लिग फुटबलकै शीर्ष डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
जसमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबसंहित मछिन्द्र फुटबल क्लब, ब्रिगेड ब्वाईज क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लबम, थ्री स्टार क्लब, फ्रेन्ड्स क्लब, एनआरटी, संकटा क्लब,हिमालयन शेर्पा, सरस्वती युथ क्लब, जावलाखेल युथ क्लब र च्यासल युथ क्लबले खेल्ने छन् ।
फर्म्याट ?
यस सिजनको लिग अवधिभर कुल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टिमले उपाधि हात पार्नेछ । यस सिजन मात्र एक क्लब रेलिगेशनमा पर्नेछ ।
पुरस्कार ?
लिगको उपाधि विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौले ५ लाख रुपैयाँ पाउनेछ ।
लिगको हरेक खेल जित्ने टिमले बोनस बापत ५० हजार पाउनेछ । बराबरी भए १५÷१५ हजार हात पार्नेछ ।
प्रतियोगिताको उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
हरेक खेलको म्यान अफ दि म्याचलाई केल्मी ५० हजार र सिजनको फेयर प्ले टिमले १ लाख पाउनेछ ।
टिकट मुल्य ?
एन्फाले 'ए' लिगका लागि दुई फरक टिकट मूल्य राखेको छ ।
एन्फाले भिआईपी र सामान्य प्यारापिटका लागि दुई फरक टिकट मूल्य राखेको छ । एन्फाले सामान्यतर्फ २ सय र भिआईपीतर्फ ५ सयको टिकट राखेको छ ।
लिगका लागि टिकट प्रभु पेबाट किन्न सकिनेछ ।
हेर्नुहोस् लिगको खेल तालिका :


