काठमाडौं । घरेलु फुटबलको लोकप्रिय क्लब मनाङ मर्स्याङ्दी क्लबको नयाँ कप्तानको जिम्मेवारी कमल श्रेष्ठले पाउने भएका छन् ।
राष्ट्रिय टिमका पुर्व कप्तान समेत रहेका विराज महर्जनले नयाँ सिजनकालागि मछिन्द्र क्लब रोजेपछि मनाङमा कप्तानको पद रिक्त थियो ।
विराजसंगै राष्ट्रिय टिमका अधिकांश अनुहार मछिन्द्र लागेका छन् । सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ लगायतका अधिकांश पुराना खेलाडी मछिन्द्र लागेपछि मनाङले नयाँ कप्तानको जिम्मेवारी कमल श्रेष्ठलाई दिने भएको हो ।
कमल राष्ट्रिय टिमका पुर्व डिफेन्डर हुन् । राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा योहान कालिन आएसंगै कमलले नियमित रुपमा खेल्न पाएका छैनन् ।
मनाङका मुख्य प्रशिक्षक तोपे फुजलो क्लबको नयाँ कप्तानको जिम्मेवारी कमललाई दिने बताए ।
‘सिनियर खेलाडीको हिसाबमा कमलले लिगमा मनाङको नेतृत्व गर्नेछन् ।’ उनले खेलपाटीसंग भने ।
अधिकांश सिनियर खेलाडी मछिन्द्र लागेपछि मनाङले बाँकी रहेका खेलाडीलाई समेट्दै टिम तयार गरेको छ ।
पुराना खेलाडी कमलसंगै अन्जन विष्ट, सुरज विश्वकर्मा र बिमल राना रहेका छन् ।
मनाङले नयाँ सिजनका लागि रन्जन विष्टलाई समेत थ्री स्टारबाट क्लबमा भित्राएको छ ।