एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरलाई ३-१ गोल अन्तरले हराएको हो ।
मोन्टपिलरको मैदानमा १-० ले पछि परेको स्थिति उल्टाएर पीएसजीले जित निकालेको हो ।
खेलको ४१ औं मिनेटमा लीन्द्रो पारेडेसलेको आत्मघाती गोलबाट मोन्टपिलरले अग्रता बनाएको थियो । खेलको ७२ औं मिनेटमा पेड्रो मेन्डेसले रातो कार्ड पाएपछि मोन्टपिलर १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा पीएसजीले उठायो ।

खेलको ७४ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई खेलमा फर्काए । ७६ औं मिनेटमा केलियण एमबाप्पेले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए ।
जितसँगै पीएसजीले १६ खेलमा ३९ अंक जोडेको छ । र, पीएसजी शीर्ष स्थानमा रहेको छ । २४ अंक जोडेको मोन्टपिलर आठौं स्थानमा रहेको छ ।