नेपालसँग हार्दा माल्दिभ्सका प्रशिक्षक बर्खास्त
शनिबार, २१ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । माल्दिभ्सले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक पिटर सेगर्टलाई बर्खास्त गरेको छ ।
नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा खराब प्रदर्शन गरेपछि माल्दिभ्सले प्रशिक्षक पिटरलाई बर्खास्त गरेको हो ।
माल्दिभ्स फुटबलले सामाजिक संजाल फेसबुकबाट प्रशिक्षक पिटरलाई बर्खास्त गरेको जनाएको छ ।
शनिबार भएको खेलमा माल्दिभ्स नेपालसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।
माल्दिभ्स ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।







-1765462956105.jpeg&w=3840&q=75)


-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
-1765441425596.webp&w=3840&q=75)