बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

बक्सिङ : सनिल र भुपेन्द्र सेमिफाइनलमा

शुक्रबार, २० मंसिर २०७६खेलपाटी संवाददाता
बक्सिङ : सनिल र भुपेन्द्र सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङको पहिलो दिन नेपालका सुशील थापामगर, भुपेन्द्र थापा मगर र सनिल शाहीले जित हासिल गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोमा शुक्रबार भएको पुरुष ४९ केजी फ्लाई वेटतर्फ श्रीलंकाका मुटुनाकापा पीजीलाई अंकको आधारमा हराउंदै सुशीलले सेमिफाइनलमा स्थान पक्का गरे । त्यस्तै ६० केजी तौल समूहको खेलमा भूटानका निमा दोर्जीलाई अंककै आधारमा पराजित गर्दै नेपालका सनिलले पनि अन्तिम चारमा स्थान बनाए ।

त्यस्तै ६४ केजीको भिडन्तमा नेपालका भुपेन्द्रले भूटानका दोर्जी वाङ्दीलाई पहिलो राउन्डमा नै आरएससीको आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे । त्यसैगरी ७५ केजी तौल समूहको खेलमा नेपालका दिपक श्रेष्ठ भने भारतका अंकित खतानासंग तेस्रो राउन्डमा नकआउटको आधारमा पराजित भए ।

त्यसैगरी पुरुष ९१ केजीभन्दा माथिको तौल समूहमा भने नेपालका आशिष दुवाडी र महिला ६४ केजी तौल समूहमा पूनम रावलले बाइ पाएर सोझै फाइनलमा स्थान पक्का गरेका छन् । योसंगै बक्सिङमा नेपालले दुई रजत पक्का गरेको छ ।

त्यसअघि शुक्रबार भएको महिलातर्फको पहिलो खेलमा भारतका कलाइभानी श्रीनिभासनाले पाकिस्तानका राबिया बाटूललाई आरएसीको आधारमा पराजित गरे । त्यस्तै महिला ५७ केजी तौल समूहको खेलमा भारतका सोनीया लाथरले बंगलादेशमा समिमा अख्तरलाई पनि आरएसीको आधारमा पराजित गरे । त्यस्तै पुरुष ४९ केजीमा बंगलादेशका मोहमद सोजिब होसेनले पाकिस्तानका मोहमद दाउद खानलाई पराजित गरे ।

त्यस्तै पुरुष ५२ केजीमा बंगलादेशका मोहमद आरिफुल इस्लामले पाकिस्तानका सइद मोहमद आसिफलाई हराए । पुरुष ५६ केजीमा बंगलादेशका मोहमद रोबिन मिया र नाकिबुल्लाह विजयी बने । त्यसैगरी ६४ केजीको खेलमा भारतका मनिष कौशिकले पाकिस्तानका सुलेमान बालोचलाई हराए । पुरुष ६९ केजीमा भने पाकिस्तानका गुल जाइब र भारतका कृसन भिकासले पनि जित हात पारे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन