भुटानद्वारा माल्दिभ्स पराजित
बिहिबार, १९ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ ।
दशरथ रंगशालामा बिहिबार भएको खेलमा भुटानले माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
भुटानको जितमा छिमी दोर्जे र फुर्ब थिन्लेले एक एक गोल गरे । माल्दिभ्सका होम्जा मोहमदले एक गोल फर्काए ।
जितसँगै भुटानले ३ खेलमा ६ अंक जोडेको छ । र, भुटान शीर्ष स्थानमा उक्लिएको छ ।













-1765539955299.jpeg&w=3840&q=75)