बैदेशिक प्रशिक्षणका लागि ट्रायथलन थाइल्यान्डतर्फ
बुधबार, १६ श्रावण २०७५खेलपाटी संवाददाता

काठमाठौं । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयार गर्न नेपाली ट्रायथलन टोली बैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्डको फुकेट प्रस्थान गरेको छ ।
अगष्ट ३१ देखि सेप्टेम्बर २ तारिखमा पालेम्वाङमा हुने ट्रायथलनमा नेपालले मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछ । नेपालको खेल भने सेप्टेम्बर २ तारिखमा छ । ३ सय मिटर पौडी, ६.३ किलोमिटर साइक्लिङ र २.१ किलोमिटर दौडमा प्रतिस्पर्धा हुनेछ । नेपाली टोली अगष्ट २९ का दिन सीधै पालेम्वाङ जाने छ ।
खेलाडी टोलीमा बसन्त थारु, दीपेश चौधरी, रोजा केसी र सोनी गुरुङ रहेका छन् । प्रशिक्षकमा पुष्परत्न वज्राचार्य छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।













-1764078716312.jpeg&w=3840&q=75)


