काठमाडौं । युरोकप छनोटमा ईटालीको शतप्रतिशत जित कायम छ ।
शुक्रबार भएको समूह जेको खेलमा ईटालीले बोस्निया हर्जगोभिनालाई ३–० ले हराएको छ ।
यसअघिनै युरोकपमा छनोट भईसकेको ईटालीले सहज जित निकाल्न सफल रह्यो ।
फ्रान्सिस्को एसरबीले २१ औ मिनेटमा गोल गर्दै ईटालीलाई अग्रता दिलाए ।
लोरिन्जो ईनसिग्नीले ३७ औ मिनेटमा टोलीको अग्रता दोब्बर बनाएका थिए ।
एन्ड्री बेलोटीले ५२ औ मिनेटमा ईटालीका लागि तेस्रो गोल गरेका थिए ।
ईटालीले ९ खेलबाट २७ अंक जोड्दै समूह विजेता बन्ने टुङ्गो लगाईसकेको छ । बोस्निया १० अंक सहित तालिकाको पाँचौ स्थानमा यथावत छ ।