नेपालको पाँचौ विकेट पतन
बिहिबार, २८ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले पाँच विकेट गुमाएको छ ।
खराब सुरुवात गरेको नेपालले ३० ओभरमा ५ विकेट गुमाएर ११४ रन बनाएको छ ।
पाँचौ विकेटको रुपमा नेपालले शरद भेषवाकरलाई ४४ रनमा गुमाएको हो । त्यसअघि नेपालले दिपेन्द्र सिंह ऐरीलाई २५ रनमा गुमाएको थियो ।
पहिलो ओभरमै कप्तान ज्ञानेन्द्र मल्ललाई सुन्य रनमा गुमाएको नेपालका लागि शरद र कुशल भुर्तेलले इनिङ्स उकासेका थिए । शरद र कुशलले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए ।
कुशल २८ रनमा आउट भए ।
नेपालका अर्का खेलाडी आरिफ शेख मात्र २ रनमा आउट भए ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)

