पाँच बक्सरले चीनमा प्रतिस्पर्धा गर्ने
शनिबार, कार्तिक १६, २०७६खेलपाटी संवाददाता

काठमाडौं । चीनमा मैत्रीपूर्ण प्रतियोगिता खेल्न नेपाली बक्सिङ टोली आइतबार चीन जाने भएको छ ।
नेपाली राष्ट्रिय ‘बी’ टिमका ५ पुरुष खेलाडी मैत्रीपूर्ण प्रतियोगिता खेल्न चीन जान लागेको हो । टोली चीनमा ५ दिन रहने छ ।
खेलाडीमा प्रदीप महर्जनले ४९ केजी, चन्द्रबहादुर थापा मगरले ५२ केजी, पुरन सुनुवारले ५६ केजी, विमल रोकाले ६० केजी र मनीष डंगोलले ६९ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा लालबहादुर पौडेल तथा डम्बरबहादुर लिम्बू रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।






-1754312729.jpeg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


