एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ब्राजिलका पूर्व स्टार रोनाल्डो महान स्ट्राइकर रहेको बताएका छन् ।
टिवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा मेस्सीले आफुले देखेको महान स्ट्राइकरमा रोनाल्डो रहेको बताएका हुन् ।
'रोनाल्डो (नाजारिओ) एक पात्र हुन् । मैले देखेको स्ट्राइकरमा उहाँ सर्वोकृष्ट थिए । उनी अविश्वसनीय थिए,' मेस्सीले भनेका छन् ।
यस्तै मेस्सीले आफुले तत्काल सन्यास लिने र बार्सिलोना छाड्ने कुरा नसोचेको पनि बताएका छन् ।
'म यहाँ छोड्न चाहन्न । म बार्सिलोनाबाट टाढा जाने सोच्न समेत सक्दिन,' मेस्सीले भनेका छन् ।
त्यस्तै मेस्सीले लुइस स्वारेज र आफ्नो निकै घनिष्ट सम्बन्ध रहेको समेत बताए । मेस्सीले स्वारेज र आफ्नो घनिष्ट सम्बन्ध खेलमा समेत देखिने बताए ।
