एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न पाँच खेल हुँदैछ ।
लिगमा शनिबार म्यानचेस्टर सिटी, चेल्सी, एभर्टन लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
साविकको विजेता सिटीले घरेलु मैदानमा एस्टन भिल्लाको सामना गर्नेछ । खेल नेपाली समय अनुसार बेलुका ५:१५ बजेपछि सुरु हुनेछ ।
तुलनात्मक सहज प्रतिद्वन्द्वी एस्टनविरुद्ध मैदान उत्रदा सिटी सहज जितको खोजीमा हुनेछ । र, सिटी लिगको दोस्रो स्थानमा फर्कन चाहन्छ ।
लिगको तेस्रो स्थानमा रहेको सिटीले ९ खेलमा १९ अंक जोडेको छ । एस्टनलाई पराजित गरे सिटी दोस्रो स्थानमा उक्लने छ । सिटी सहज निकाल्दै लिग लिडर लिभरपुलविरुद्ध दबाब बढाउँन चाहन्छ ।
यता, एस्टन भने सिटीलाई उसैको मैदानमा स्तब्ध बनाउने योजनामा हुनेछ । ११ अंक जोडेर १२ औं स्थानमा रहेको एस्टन अंक तालिका सुधार गर्ने योजनामा हुनेछ ।
यस्तै चेल्सीले बर्नलीसँग उसैको मैदानमा खेल्नेछ । चेल्सी जित निकाल्दै शिर्ष तीनमा उक्लने योजनामा हुनेछ ।
लिग अन्तर्गत अन्य खेलमा वेष्ट ह्याम र सेफिल्ड युनाइटेडबीच प्रतिस्पर्धा हुँदा वाट्फोर्ड र बर्नेमाउथबीच खेल हुनेछ । यस्तै एभर्टनले ब्राइटनको सामना गर्नेछ ।