गांगुली बीसीसीआईको ३९ औं अध्यक्ष
बुधबार, ०६ कार्तिक २०७६खेलपाटी संवाददाता

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुलीले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को अध्यक्ष चुनिएका छन् ।
बीसीसीआईको बुधबार भएको साधारणसभाबाट गांगुली औपचारिक रुपमा अध्यक्ष नियुक्त भएका छन् ।
'औपचारिक रुपमा गांगुली बीसीसीआईको अध्यक्षमा चयन भएका छन्,' बीसीसीआईले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन् ।
४७ वर्षीय गांगुली अध्यक्षमा निर्विरोध चयन भएका हुन् । गांगुली बीसीसीआईको ३९ औं अध्यक्ष हुन् ।















-1767924589079.webp&w=3840&q=75)
-1767923977114.webp&w=3840&q=75)
