नेपालका तेज प्रि-क्वाटरफाइनलमा
शनिबार, कार्तिक २, २०७६खेलपाटी संवाददाता

काठमाडौं । चीनमा जारी सातौं विश्व सैनिक खेलकूद प्रतियोगितामा बक्सिङतर्फ सेनामा तेजबहादुर देउवाले प्रि-क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
स्पोर्टस् युनिभर्सिटी ज्युम्नासियमा शनिबार तेजले म्यानमारका खेलाडीलाई पराजित गरे । राष्ट्रिय टिम सदस्य समेत रहेका तेजले ४९ केजी तौल समूहमा म्यान्मारका माउङक्याव हलालाई ४-१ अंकले हराए । अब तेजले गोयनाका खेलाडी लिविस कोलिनसँग खेल्नेछन्।
यस्तै ९१ केजी तौल समूहमा सेनाका आशिष दवाडी भने नाइजेरियाका काजिम समसोनसँग ३–२ अंकले पराजित भए।
प्रतियोगिता अन्तर्गत महिला जुडो, घोडचढी, फेन्सिङ र बिच भलिबलमा भने सेनाका खेलाडी पराजित भएका छन् ।






-1754312729.jpeg&w=3840&q=75)


-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)



