विपक्षीको मुक्काबाट अमेरिकन बक्सरकाे मृत्यु
बिहिबार, असोज ३०, २०७६खेलपाटी संवाददाता

एजेन्सी । व्यवसायिक बक्सिङ प्रतिस्पर्धाको दौरान अमेरिकी बक्सर प्याट्रिक डेको निधन भएको छ ।
अमेरिकाको सिकागो शनिबार अमेरिकन खेलाडी चार्ल्स कोनवेलको प्रतिस्पर्धा दौरान घाइते भएका प्याट्रिकको बुधबार निधन भएको हो ।
सुपर वेल्टरवेट फाइटको १० औं राउण्डमा प्याट्रिक नकआउट भएका थिए । कोनवेल कडा पन्चले नकआउट भएका उनलाई स्ट्रेचरमा राखेर रिङबाहिर निकालिएको थियो ।
घाइते भएपछि २७ वर्षे उनलाई तत्काल अस्पताल लगिएको थियो । तर, चार दिनपछि उनको अस्पतालमा निधन भएको हो ।
प्याट्रिकले २२ फाइटमा १७ खेल जितेका थिए ।
गत जुलाईमा फाइटको दौरान रसियन बक्सर म्याक्सिम डाडासेभको पनि निधन भएको थियो ।







-1754312729.jpeg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


