सन् २०१३ मा बार्सिलोना छाड्न चाहन्थे - मेस्सी
बुधबार, २२ आश्विन २०७६खेलपाटी संवाददाता

एजेन्सी । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले आफुले सन् २०१३ मा बार्सिलोना छाड्न चाहेको बताएका छन् ।
बार्सिलोनाको एक रेडियोलाई अन्तर्वार्ता दिँदै मेस्सीले आफुले सन् २०१३ मा क्लब छाड्ने योजना बनाएको बताएका छन् ।
'त्यस समय म क्लब छाड्नेबारे सोच्थे ।' ३२ वर्षे मेस्सीले भनेका छन्, 'तर बार्सिलोनाको कारण हैन । म स्पेन छाड्न चाहन्थे । म यहाँ लामो समय बस्न चाहन्नथे ।'
बार्सिलोनाको एकेडेमीमा १३ वर्षको उमेरमा आएका मेस्सीले १६ वर्षको उमेरमा डेब्यु गरेका थिए । मेस्सी क्लबका सर्वाधिक गोलकर्ता हुन् ।
उनले ६ सय ४ गोल गरिसकेका छन् ।
तर, मेस्सीले अब भने आफ्नो खेल जीवन बार्सिलोनाबाट अन्त्य गर्ने बताए ।
'म चाहन्छु यहाँ धेरै वर्ष बसु । यो कुरा पक्का छ कि म करियरको अन्त्य बार्सिलोनाबाट गर्नेछु ।' मेस्सीले थपे,'हामी बार्सिलोनामा एकदमै खुसी छौँ ।'










-1765539955299.jpeg&w=3840&q=75)

