एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न ६ खेलहरु संचालन हुँदैछ । लिगमा शीर्ष स्थानको लिभरपुल, टोटेनहम, लेष्टर सिटी, एभर्टन लगायतका क्लबले प्रतिस्पर्धा गर्दै छन् ।
लिग लिडर लिभरपुलले घरेलु मैदानमा लेष्टरको सामना गर्नेछ । लिभरपुल र लेष्टरबीचको खेल ७:४५ मा सुरु हुनेछ ।
एनफिल्डमा लिभरपुल अपराजित यात्रा कायम राख्ने योजनासहित मैदान उत्रने छ । लिभरपुल ७ खेलमा पराजित रहेको छ । लिभरपुलले ७ खेलमा २१ अंक जोडेको छ ।
लेष्टर लिभरपुललाई पहिलो हार चखाउने योजनामा छ । ७ खेलमा १४ अंक जोडेर लेष्टर तेस्रो स्थानमा छ ।
यस्तै टोटेनहमले ब्राइटनसँग उसैको मैदानमा खेल्नेछ । ब्राइटनलाई हराएर टोटेमहम शीर्ष तीनमा उक्लन चाहन्छ । टोटेनहम ११ अंक जोडेर छैटौं स्थानमा छ ।
लिग अन्तर्गत नै एभर्टनले बर्नलीसँग खेल्नेछ ।
त्यस्तै अन्य खेलमा नर्विचले एस्टन भिल्ला, वाट्फोर्डले सेफिल्ड युनाइटेड र वेष्ट ह्यामले क्रिष्टल प्यालेसको सामना गर्नेछ ।