रौतहटको लगातार दोस्रो जित, पुलिसविरुद्ध अस्मिताको गोल निर्णायक

काठमाडौं । रौतहटले राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको दोस्रो खेलमा रौतहटले विभागीय टोली नेपाल पुलिस क्लबलाई १ - ० ले हराएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा रौतहटलाई जित दिलाउन अस्मिता बैद्यले निर्णायक गोल गरिन् । रौतहटलाई जित दिलाउन अस्मिताले खेलको १२ औं मिनेटमा निर्णायक गोल गरेकी थिइन् ।
योसंगै रौतहटले लिगमा लगातार दोस्रो जित निकाल्न सफल भएको छ । रौतहटले दुई खेलबाट ६ अंक जोडेको छ । रौतहटले पहिलो खेलमा काठमाडौंलाई पराजित गरेको थियो । पुलिसको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पुलिस त्रिभुवन आर्मी क्लबसंग पराजित भएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा पाँच टोलीको सहभागिता रहेको छ । ९ दिनसम्म चल्ने लिगको विजेताले दुई लाख पाउने छ । उपविजेताले एक लाख प्राप्त गर्नेछ ।











-1765539955299.jpeg&w=3840&q=75)

