धनगढी । केटिएम वाईक अन्तर संघ फुटबल प्रतियोगिता हुने भएको छ ।
नैनादेवी युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा असोज १३ गतेदेखि १८ गतेसम्म धनगढी रंगशालामा हुनेछ ।
प्रतियोगितामा संघका पदाधिकारी सहित ३५ बर्ष पुगेका चार जना खेलाडी पनि टीममा राख्न पाउने आयोजक नैनादेवी युवा क्लबका अध्यक्ष जितेन्द्र वोगटीले जानकारी दिए । संघमा मताधिकार भएका चार जना खेलाडी टीममा राखे पनि दुई जनाले मात्रै मैदानमा खेल खेल्न पाउने उनले बताए ।
प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार सहित टफी र मेडल पाउनेछन् । प्रतियोगितामा विभिन्न संघ संस्थाका आठ टीमको सहभागीता रहेको छ । समूह ए मा कैलाली जिल्ला फुटबल संघ, निर्माण व्यवसायी संघ, ईटा व्यवसायी संघ र कैलाली उद्योग वाणिज्य संघ रहेका छन् ।
समूह बी मा नेपाल खेलकुद पत्रकार मञ्च कैलाली, धनगढी उपमहानगरपालिका, वैंकर्स क्लब धनगढी र निजामति कर्मचारी संघ रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा निर्माण र ईटा व्यवसायी संघ भिड्ने भएका छन् । प्रतियोगिताको उद्घाटन सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गर्ने कार्यक्रम तय गरिएको छ ।