एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायम राखेको छ ।
शनिबार भएको खेलमा सेफिल्ड युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले पराजित यात्रा कायम राखेको हो ।
लिभरपुलको जितमा जर्जिनियो विज्नाल्डमले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
जितसँगै लिभरपुलले ७ खेलबाट २१ अंक जोडेको छ । र, लिभरपुल शीर्ष स्थानमा यथावत रहेका छन् ।
लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ८ अंकले अघि रहेको छ ।
सेफिल्डले ७ खेलबाट ८ अंक जोडेको छ । सेफिल्ड दशौँ स्थानमा छ ।
