काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
एपीएफको हलचोक मैदानमा जारी खेलमा नेपाल २-० ले पछि परेको छ । खेलको ८६ औं मिनेटमा केल्जिङ जिग्मीले पेनाल्टी गोल गर्दै भुटानलाई २-० को अग्रता दिलाए ।
सेमिफाइनलको यात्रा तय गर्न नेपाललाई यस खेल जित्नै पर्ने दबाब रहेको छ । पराजित भए नेपाल समूह चरणबाट बाहिरिने छ ।
प्रतियोगिताको समूह 'ए' मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो ।