शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

धावक केसी र मगरलाई उज्ज्वलताराले सम्मान गर्ने

आइतबार, ०५ आश्विन २०७६खेलपाटी संवाददाता
धावक केसी र मगरलाई उज्ज्वलताराले सम्मान गर्ने
Loading ad...
mustang rice ad

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ उज्ज्वल नगरस्थित उज्ज्वलतारा स्कुलले नेपालका पुराना धावकद्वय जित बहादुर केसी र विमला राना मगरलाई जनही ११ हजार १ सय ११ रुपैयाँ सहित ‘उज्ज्वल तारा सम्मान २०७६’ बाट सम्मान गर्ने भएको छ ।

विद्यालयका संस्थापक सल्लाहकार एवम् ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ कार्यक्रमका संयोजक विष्णु कार्कीलेयही असोज ११ गते शनिबार आयोजना हुन लागेको दौड कार्यक्रमका अवसरमा धावकद्वयलाई नगदसहित सम्मान गर्न लागिएको घोषणा गरे ।

‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’को अन्तिम तयारीबारे शनिबार काँडाघारीस्थित त्रिशक्ति पार्टी प्यालेसमा आयोजित छलफल कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको नेतृवमा निर्माण हुन लागेको गैर नाफामुखी वालरोग अस्पतालको लागि उज्ज्वल तारा स्कुलले ५ लाख नगद प्रदान गर्ने पनि घोषणा गर्यो ।

अस्पतालका संस्थापक एवम्काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा.कोइरालाको उपस्थितिमा भएको सो छलफल कार्यक्रममा सो वाल अस्पतालको लागि उज्ज्वल तारा स्कुलले ५ लाख रुपैयाँको साथै उज्ज्वल नगर समाजले १ लाख ११ हजार र स्थानीय अनिल थापाले १ लाख १ हजार रुपैयाँ दिने घोषणा गरे भने छलफल कार्यक्रममा सहभागी विभिन्न व्यक्तिबाट समेत गरि आजै वाल अस्पताल निर्माणको लागि १५ लाख रुपैयाँ दिने घोषणा भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको गौरव र ब्राण्ड बनाउने उद्धेश्यसहित ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ कार्यक्रम आयोजना गर्न लागिएकोमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले प्रशंसा गर्दै कार्यक्रम सफल पार्न र यसको दिगो विकासको लागि नगरपालिकाको तर्फबाट आवश्यक पर्ने आर्थिक तथा भौतिक सहयोग गर्ने वचनवद्धता व्यक्त गरे ।

वालरोग अस्पतालका संस्थापक एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले उज्ज्वल तारा स्कुलले वाल अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेर उदाहरणीय काम गरेकोमा त्यसको मुक्त कण्ठले प्रशंसा गरे ।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल सम्झना पोखरेलले दौडको उदेश्यबारे प्रकाश पारेकी थिइन भने नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दौड सफलताको कामना गरे ।

केटाकेटीदेखि ६० वर्ष उमेरभन्दा माथिकालाई समेत सहभागी गराउने उद्धेयले आयोजना गर्न लागिएको उक्त दौडमा विभिन्न १६वटा विधा रहनेछन । आपसी सद्भाव र मित्रता बढाउन, स्वास्थ्यबारे जनचेतना फैलाउन र दशैंको शुभकामना आदनप्रदान गर्ने उद्धेश्यले तेस्रो पटक सो दौड आगामी असोज ११ गते काँडाघारीमा गर्न लागिएको हो ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक