नवयुग र एन्जिला झापा स्पोर्ट्स अवार्डको मनोनयनमा

बिर्तामोड । तेस्रो संस्करणको ‘झापा स्पोर्ट्स अवार्ड’ को मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाले शुक्रबार चार विधाको मनोनयन सार्वजनिक गरेको हो ।
एनएसजेएफ झापाले सार्वजनिक गरेको वर्ष पुरुष खेलाडीतर्फ फुटबलका नवयुग श्रेष्ठ तथा बडीबिल्डिङका उमेश राई र राम दाहाल मनोनयनमा परेका छन् । वर्ष महिला खेलाडीतर्फ फुटबलकी एन्जिला सुब्बा, भलिबलकी विनिता बुढाथोकी र करातेकी एस्तर राई रहेकी छिन् ।
वर्ष युवा खेलाडी अवार्डका लागि क्रिकेटकी अप्सरी बेगम, फुटबलका छिरीङ गुरुङ र ब्याडमिन्टनकी अमिता गिरी परेकी छिन् । वर्ष प्रशिक्षक अवार्डका लागि फुटबलका हरि खड्का, करातेका योगेश चाम्लिङ र बक्सिङका डम्बर लिम्बु मनोनयनमा परेका छन् ।

विजेता खेलाडीको घोषणा असोज १३ गते आयोजना हुने बिसेष कार्यक्रमबाट गरिने एनएसजेएफ झापाले जनाएको छ । यस वर्ष खेलाडी महिला/पुरुष, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षकसँगै पिपुल्स च्वाइज र लाइफ टाइम्स अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।
पूर्व फुटबलर स्वर्गीय आशिष विक्रम नेम्वाङको स्मृतिमा पछिल्लो दुई वर्षदेखि आयोजना गर्दै आएको अवार्डको वर्ष खेलाडी पुरुषले एक थान मोटरसाइकल, महिलाले एक थान स्कुटर, वर्ष खेलाडी युवाले २५ हजार, वर्ष प्रशिक्षकले २५ हजार, पिपुल्स च्वाइज विजेताले २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्ड विजेताले ३५ हजार रुपैयाँ पाउने छन् ।





-1771251202949.avif&w=3840&q=75)








%20(1)-1771145193825.jpeg&w=3840&q=75)
