• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
जीवनराम 'भर्सेस' उमेशलाल – कसको पल्ला भारी ?
हिम बिक्रम केसी
शनिबार, भदौ २८, २०७६ हिम बिक्रम केसी
जीवनराम 'भर्सेस' उमेशलाल – कसको पल्ला भारी ?

काठमाडौं । हुन त यति बेला घरेलु खेलकुद दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीमा युद्व स्तरमा जुटेको देखिनुपर्ने हो । आयोजना र सहभागीताको हिसावले ऐतिहासिक मानिएको सागको तयारीमा यतिबेला नेपाली खेलकुद व्यस्त हुनुपर्ने हो ।

तर पछिल्ला केही हप्ता नेपाली खेलकुद एक फरक जोड घटाउमा ब्यस्त रह्यो । अन्तराष्ट्रिय एरिनामा जोड्ने र अन्तराष्ट्रिय सहयोग भित्राउने निकाय मानिने नेपाल ओलम्पिक कमिटि (एनओसी)को चुनावी अंक गणितले घरेलु खेलकुदलाई निर्वाचनमय बनायो ।

नेपाल ओलम्पिक कमिटिमा आबद्व २७ वटा खेलकुद संघहरु एनओसी चुनावमा व्यस्त रहे । जसको हिसाव किताब शनिबार मध्यान्न सम्ममा टुङ्गो लाग्नेछ ।

एनओसीको १९ सदस्यीय कार्यसमितिमा २६ वटा संघका प्रतिनिधि चुनावी प्रतिस्पर्धामा छन् । पुर्व अध्यक्ष धुव्रबहादुर प्रधान मात्र चुनावी प्रतिस्पर्धामा छैनन् ।

जसले गर्दा पछिल्लो केही हप्ता सबै संघका प्रतिनिधि एक अर्कासंग भोट माग्दै चुनावी हिसाव निकाल्न ब्यस्त रहे ।

उप–महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन निर्विरोध भईसकेका छन् । बाँकी सबै पदमा उम्मेदवारबीच तिव्र प्रतिस्पर्धा छ ।

तर सबैको नजर ओलम्पिक कमिटिको नयाँ नेतृत्वमा छ ।

नेतृत्वमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ दोहरिएलान् ? वा उमेशलाल श्रेष्ठले बाजी मार्लान ? सिङ्गो नेपाली खेलकुदको प्रश्न छ ।

जीवनराम र उमेशलाल दोस्रो पटक अध्यक्षमा भिड्दैछन् । चार बर्षअघि समेत दुवै जना अध्यक्षमा भिडेका थिए ।

तर जीवनरामले उमेशलाललाई ८ मतले पछारेका थिए । जीवनरामले २६ मा १७ मत पाएका थिए । उमेशलाल ९ मतमा समेटिएका थिए ।

चार बर्षको अन्तरमा जीवनरामले १७ सदस्यीय कार्यसमितिलाई १९ सदस्यीय मात्र बनाएका छैनन्, आफ्नो भोटको संख्या समेत १७ बाट १९ बढाएको दाबी गरेका छन् ।
पुराना भोटलाई कायम राख्दै उनले दुई भोट थपेका छन् ।

यसपटकको ओलम्पिक चुनावमा २७ मध्य १४ नयाँ अनुहारले भोट हाल्नेछन् । १३ पुरानै अनुहारको निरन्तरता छ । यसबीचमा जीवनरामले केही भोट गुमाएका छन्, केही थपेका छन् ।

जीवनरामले आफ्नो प्यानलमा रहेका १९ जनाको सूचि यसअघिनै सार्वजनीक गरिसकेका छन् । एनओसीमा रहेका २७ भोटमा चुनाव जित्न १४ भोट आवश्यक पर्छ । तर जीवनरामले १९ जनाको भोटको आश सहित चुनावी मैदानमा छन् ।

जीवनरामले तयार पारेको १९ सदस्यीय सूचीमा स्कीबाट स्वयम आफुसहित फुटबलबाट दिर्घबहादुर (कुमार) केसी, बास्केटबलबाट होमबहादुर दोङ, आर्चारीबाट रमेश सिवाकोटी, साईकिलिङबाट गोपाल कक्षपती, तेक्वान्दोबाट प्रकाश राणा, गल्फबाट टासी घले, लनटेनिसबाट ज्वती राणा, पौडीबाट अशोक बज्राचार्य, कुस्तीबाट समिम मिया अन्सारी, टेबलटेनिसका चतुरानन्द बैद्य रहेका छन् ।

त्यस्तै, महासचिवको उम्मेदवार समेत रहेका ट्रायथलनबाट निलेन्द्रराज श्रेष्ठ, ह्यान्डबलका तेज गुरुङ, भारत्तोलनका रतन टण्डन, एथ्लेटिक्सबाट पिताम्बर तिम्सिना, जुडोबाट दिपकहर्ष बज्राचार्य, कबड्डीबाट तुलसा गौतम र उसुबाट केशवकुमार विष्टको भोट जीवनरामको सूचिमा रहेको छ ।

चुनावको अघिल्लो दिन जीवनरामले बोलाएको निर्णायक छलफलमा १९ वटै संघका प्रतिनिधि उपस्थित थिए ।

जीवनरामले आफ्नो १९ सदस्यीय टिम सार्वजनीक गरेलगत्तै बाँकी रहेका ८ प्रतिनिधि उमेशलालको हुनेनै भए । उमेशलालको सूचीमा निश्चित गरिएका ८ प्रतिनिधिमा ¥याफटिङबाट राजिव श्रेष्ठ, फेन्सिङबाट सुनिलकुमार श्रेष्ठ, भलिबलबाट मनोरञ्जनरमण शर्मा, ब्याडमिन्टनबाट रामजी श्रेष्ठ रहेको छन् । हक्कीबाट स्वयम उमेशलाल हुनेनै भए । यस्तै महासचिवको उम्मेदवार बनेका कराँतेका पुरेन्द्रबिक्रम लाखे, जिन्म्याष्टिकका धुव्रबहादुर प्रधान र सुटिङका पुष्पदास श्रेष्ठ उमेशलालको पक्षमा खुलेर लागेका हुन् ।

जीवनरामको सूचिमा रहेका ७ जना भोटरले उमेशलाललाई समेत आश देखाएका छन् ।

जीवनरामको विपक्षमा समेत जान नसक्ने र सरकारको दबाब समेत थेप्न नसक्ने ७ संघका प्रतिनिधिले दुवै पक्षलाई भेटेर आफ्नो कर्तव्य पुरा गरेका छन् ।

दुवै पक्षले सूचिमा राखेका ७ भोट ओलम्पिक कमिटिको शनिबारको निर्वाचनमा निर्णायक हुने मानिएको छ ।

दुवै पक्षको सूचिमा रहेका ७ प्रतिनिधिमा एथ्लेटिक्सका पिताम्बर तिम्सिना, कुस्तीका समिम मिया अन्सारी, आर्चरीका रमेश सिवाकोटी, ह्यान्डबलका तेज गुरुङ, साईकिलिङका गोपाल कक्षपती, लनटेनिसकी ज्वती राणा र फुटबलका दिर्घबहादुर (कुमार) केसी रहेका छन् । सातै जना शुक्रबार राति करिब १२ बजेतिर सकिएका भएको दुवै समुहको गोप्य बैठकमा सहभागी थिए ।

जीवनरामको सम्भावना कति ?

जीवनरामले तयार पारेको सूचिमा १९ भोट छ । तर उनलाई चुनाव जित्न १४ भोट आवश्यक छ । जीवनरामलाई पनि थाहा छ, सूचिमा रहेका १९ भोट उनलाई आउने छैन ।
तर आफुसंग भएको सूचिबाट १४ भोट निश्चित गरेर नेतृत्वमा दोहरिने जीवनरामको दाउ छ ।

आफ्नो पक्षमा स्पष्ट रुपमा खुलेर लागेका ११ भोटरलाई सुरक्षित गर्दै दुवै पक्षको सूचिमा कम्तिमा तीन भोट उनले जुटाउन सकेमा नेतृत्वमा जीवनरामको पल्लाभारी हुने निश्चित छ ।

खुलेर नदेखिएका तेक्वान्दोका प्रकाश राणा सहित दुवैपक्षको सूचिमा रहेका ७ भोट मध्य जीवनरामलाई तीन भोटमात्र चुनावमा आवश्यक देखिन्छ । त्यही तीन भोटले जीवनराम श्रेष्ठको नेपाली खेलकुद ईतिहासको बाँकी कथा लेखिनेछ ।

उमेशलालको सम्भावना कति ?

उमेशलाल एनओसीको चुनावमा अब जीवनरामका प्रतिद्वन्दीमात्र हैनन, सरकारका उम्मेदवार हुन् (खेलकुदमन्त्रीको भनाईमा) । अर्थात उनी राष्ट्रिय खेलकुद परिषद (राखेप), युवा तथा खेलकुद मन्त्रालय र एमालेका संस्थापन पक्षका उम्मेदार हुन् । अनि उनी प्रधानमन्त्री समेत रहेका एकीकृत नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओलीका उम्मेदवार हुन् ।

सोही कारण उनले शनिबारको चुनावमा जीवनरामलाई कडा टक्कर दिने आँकलन गरिएको छ । पछिल्ला केही बर्ष पार्टी राजनीति मात्र हैन, राष्ट्रिय राजनीतिमा समेत केपी ओली हारेका छैनन् । ओलम्पिकको चुनाव उनका उम्मेदवारको हिसाव किताब कस्तो रहला ?

शनिबार टुङ्गो लाग्नेछ ।

बिहिबार र शुक्रबार खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राखेप सदस्य सचिव रमेश सिलवालले उमेशलालको पक्षमा खुलेरै लबिङ गरे । कतिलाई फकाए, कतिलाई घुर्काए अनि कतिलाई थर्काए पनि ।

उमेशलालको पक्षमा ८ जना प्रतिनिधि सुरुवातबाटै खुलेका भैहाले । अन्तिम समयमा राखेप उपाध्यक्ष रहेका पिताम्बर तिम्सिना र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी उमेशलालको पक्षमा खुलेर लागेका छन् । शुक्रबार खेलकुदमन्त्री र सदस्य सचिवसंग बसेर दुवै जनाले उमेशलालको पक्षमा बहुमत निकालेका छन् । त्यसैले पिताम्बर र समिमबाट अन्तरघात नभएमा उमेशलालको १० भोट निश्चित जस्तो देखिन्छ ।

अब उमेशलाललाई चुनाव जित्न दुवै पक्षको सूचीमा रहेका ५ जना र जीवनरामको सूचिमा रहेका सफ्ट कर्नरमा रहने प्रतिनिधिबाट ४ भोट आवश्यक छ । त्यही चार भोटले नेपाली खेलकुदमा उमेशलालको भावी यात्रा तय हुनेछ ।

दुवै पक्षको चुनावी हिसाव किताबलाई स्वतन्त्र ढङ्गले विश्लेषण गर्दा चुनाव जित्न जीवनरामलाई दुवै पक्षमा रहेका ३ भोट र उमेशलाललाई ४ भोट आवश्यक पर्ने देखिन्छ । यद्वपी दुवैपक्षको सूचिमा रहेका भोटलाई मन्त्रालय र राखेपले प्रभाव पार्ने सम्भावना बढी छ ।

गोप्य मतदान हुने भएकाले कुनैपनि समुह ढुक्क हुने अवस्था भने छैन ।

उपाध्यक्ष र सचिवको रोचक भिडन्त 

सदस्य सचिवमा दोहरिन नपाएका केशवकुमार विष्ट एनओसी चुनावमा सचिवका प्रत्यासी छन् । उनी टेबलटेनिका रामजी श्रेष्ठ, जुडोका दिपकहर्ष बज्राचार्य र माननिय समेत रहेकी कबड्डीकी अध्यक्ष तुलसी थापासंग प्रतिस्पर्धामा छन् । चार जना उम्मेदवारबाट तीन जना सचिवमा निर्वाचित हुनेछन् । सर्वाधिक कम मत ल्याउने एक जना एनओसीबाट बाहिरिनेछन् । त्यसमा केशव विष्टको भविष्यको के होला ? सर्वत्र चासोको बिषय छ ।

एनओसीको चर्को प्रतिस्पर्धा उपाध्यक्षमा देखिएको छ । पाँच उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षको प्रत्यासीमा ज्योति राणा सहित तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोक रत्न बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राज वैद्य, राजिव श्रेष्ठ र समिम मिया अन्सारी चुनावी प्रतिस्पर्धामा छन् ।

मुस्लिम आयोगका अध्यक्ष समेत रहेका अन्सारीले एनओसीको चुनावमा के नतिजा ब्यर्होलान् ? अथवा अघिल्लो पटक गोलाप्रथाबाट सह–महासचिवमा चुनिएका राजिव श्रेष्ठले कति भोट प्राप्त गर्लान् ? सबैले रोचकताका साथ हेरेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP