• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
ओलम्पिक चुनाव – उमेशलालको पक्षमा सरकारको ‘चलखेल’
हिम बिक्रम केसी
शनिबार, भदौ २८, २०७६ हिम बिक्रम केसी
ओलम्पिक चुनाव – उमेशलालको पक्षमा सरकारको ‘चलखेल’

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) को शनिबार हुने निर्वाचनमा सरकारी पक्ष उमेशलाल श्रेष्ठको पक्षमा देखिएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले एनओसीको निर्वाचनमा उमेशलालको पक्षको लबिङ तिव्र पारेका छन् ।

खेलकुदमन्त्री विश्वकर्माले सरकारको उम्मेदवार उमेशलाल रहेको प्रष्ट पार्दै निर्वाचनमा सहयोग गर्न संघहरुका प्रतिनिधिसंग आग्रह गरेका छन् ।

शुक्रबार बिहान चारवटा खेलकुद संघका प्रतिनिधिलाई मन्त्री क्वार्टर पुल्चोक बोलाएर खेलकुदमन्त्री विश्वकर्माले एनओसी निर्वाचनमा सरकारको धारणा प्रष्ट पारेका हुन् ।

‘उमेशलाल सरकारको आधिकारिक उम्मेदवार हो । तपाईहरुको सहयोगको आश गरेका छौँ ।’ खेलकुद मन्त्रीको भनाई उद्वित गर्दै एक प्रतिनिधिले खेलपाटीसंग भने ।

मन्त्री विश्वकर्माले ओलम्पिक कमिटि र सरकारको विवादको लामो उदाहरण प्रस्तुत गर्दै उमेशलाल नेतृत्व आए काम गर्न सहज हुने उल्लेख गरेका थिए ।

भेटमा आर्चरीका रमेश सिवाकोटी, फेन्सिङका शुनिल श्रेष्ठ, ब्याटमिन्टनका रामजी बहादुर श्रेष्ठ र र्याफटिङबाट राजिव श्रेष्ठ सहभागी थिए ।

छलफलमा राखेप उपाध्यक्ष तथा एथ्लेटिक्सका प्रतिनिधि पिताम्बर तिम्सिना, कुस्ती संघका प्रतिनिधि तथा मुस्लिम आयोगका अध्यक्ष समिममिया अन्सारी र राखेप सदस्य सचिव सिलवाल समेत उपस्थित थिए ।

अदालतको परेको मुद्वाका कारण भदौ २० गतेको एनओसी निर्वाचन स्थगित भएको थियो । अदालतले भदौ २२ गते भएको सर्वपक्षिय छलफलपछि रिट निवेदन खारेज गर्दै निर्वाचनका लागि बाटो खोलिदिएको थियो ।

लगत्तै ओलम्पिक कमिटिले अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) र एसियन ओलम्पिक कमिटि (एनओसी)संग अनुमती माग्दै भदौ २८ गते निर्वाचनको नयाँ मिति सार्वजनीक गरेको थियो ।

ओलम्पिक कमिटिको नयाँ मिति सार्वजनिक भए लगत्तै सरकार उमेशलालको पक्षमा उत्रिएको छ ।

एनओसीको नयाँ नेतृत्वकालागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । जीवनरामले निलेन्द्रराज श्रेष्ठ र उमेशलालले पुरेन्द्रबिक्रम लाखेलाई महासचिवको प्यानलको रुपमा समावेश गर्दै उम्मेदवारी दर्ता गराएका थिए ।

तत्कालिन एमालेका दुई गुटको भिडन्त

तत्कालिन एमाले (अहिलेको नेकपामा) मुख्य दुई गुट छन् । संस्थापन पक्षको नेतृत्व केपी अ‍ोलीले गर्छन् । प्रतिपक्षमा माधव नेपाल समूह  छ । पार्टीभित्रका दुई गुटको संघर्ष एनओसीको नयाँ निर्वाचनमा देखिदैछ । संस्थापन पक्षको नेतृत्व उमेशलाल र प्रतिपक्षको नेतृत्व जीवनरामले गरेका छन् ।

पार्टी र सरकारको नेतृत्वमा आएपछि प्रधानमन्त्री केपी ओलीले खेलकुदमा बिशेष चासो राख्दै आएका छन् । सोही अनुसार पार्टी भित्रका विश्वासपात्र जगत विश्वकर्मालाई खेलकुद मन्त्री बनाएका थिए ।

लगत्तै राखेपको सदस्य सचिवमा ‘किचेन क्याबिनेट’ का रमेश सिलवाललाई नियुक्त गरेका थिए । अब ओलीको नजर ओलम्पिक कमिटिको नेतृत्वमा छ । सोही अनुसार उनले उमेशलाललाई एनओसीको नेतृत्वमा स्थापित गर्न खेलकुद मन्त्रीलाई निर्देशन दिएको नेकपाकै उच्च स्रोत बताउँछ ।

सोही अनुसार खेलकुद मन्त्री विश्वकर्मा सहित सदस्य सचिव सिलवालले उमेशलालको पक्षमा लबिङलाई तिव्र पारेका छन् ।

पिताम्बरको लाईन चेन्ज

एनओसीको निर्वाचन सुरु भए लगत्तै जीवनरामको पक्षमा खुलेर लागेका राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले लाईन ‘चेन्ज’ गरेका छन् । भावी नेतृत्वमा स्थापित गराउने बाचा सहित जीवनरामले पिताम्बरलाई एनओसी निर्वाचनमा सघाउन आग्रह गरेका थिए । सोही अनुसार पिताम्बरले समेत सुरुवाती दिनमा जीवनरामलाई खुलेर साथ दिएका थिए ।

तर पार्टीको संस्थापन पक्षको चर्को दबाबपछि पिताम्बरले जीवनरामको साथ छाडेका छन् । पिताम्बर अहिले उमेशलाललाई जिताउन संघ संस्थाका प्रतिनिधिसंग भोट माग्दै हिडेका छन् । उनी पार्टी भित्र संस्थापन पक्षका रुपमा चिनिन्छन् ।

अरु काे काे भिड्दै ?

नयाँ नेतृत्वमा पुरानै प्रतिद्वन्दी जीवराम र उमेशलाल दोहरिदा पाँच उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी छ। उपाध्यक्षमा ज्योति राणा, तेज बहादुर गुरुङ, पुष्प दास श्रेष्ठ, अशोक रत्न बज्राचार्य, सुनिल कुमार श्रेष्ठ, चतुरानन्द राज बैद्य, राजिब श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दिएका छन् ।

यस्तै १ महासचिबका लागि पुरेन्द्र बिक्रम लाखे र निलेन्द्र राज श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

उप-महासचिबमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन कुमार टन्डन निर्विरोध भएका छन् । उप-महासचिब र कोषाध्यक्षमा एक एक जनाको मात्र उम्मेदवारी परेको हो ।
३ सचिबका लागि केशब कुमार बिष्ट, रामजी श्रेष्ठ, दिपक हर्ष वज्राचार्य र तुलसी थापाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । सदस्यका लागि रमेश प्रसाद सिवाकोटी, राम अवाले, प्रकाश शमशेर राणा, गोपाल सुन्दर लाल कक्षपति, टाँसी घले, होम बहादुर दोङ, दिर्ग बहादुर केसी र मनोरंजन रमण शर्माले उम्मेदवारी दिएका छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP