एशियन बक्सिङमा रवन र प्रमाले प्रतिस्पर्धा गर्ने
बुधबार, भदौ २५, २०७६खेलपाटी संवाददाता

काठमाडौं । एसबीसी एशियन जुनियर बक्सिङ प्रतियोगिताका लागि रवन अली र प्रमा राना छनोट भएका छन् ।
मंगलबार भएको पुरुष ५२ केजी तौल समूहको फाईनल खेलमा नक्शालका रवनले बानुज क्लबका एलेव बडगामीलाई अंकका आधारमा ५–० ले हराउदै छनोट भए ।
त्यस्तै महिला ४८ केजी तौल समूहको फाईनल खेलमा जिमखानाकी प्रमाले दाङकी शुसिला थापालाई ५–० अंकले पछि पादै छनोट भईन् ।
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले छनोट भएका खेलाडीलाई बधाई तथा शुभकामना दिदै प्रत्येक बाउट जिते पुरस्कार बापत ५० हजार नगदले पुरस्कृत गर्ने बताए ।
प्रतियोगितामा युएईमा अक्टोबर ८ देखि १७ सम्म संचालन हुदैछ ।






-1754312729.jpeg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


