ओलम्पिकमा पदक विजेता स्की खेलाडी मृत फेला
बिहिबार, १९ भाद्र २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्पेनको पूर्व अल्पाइन स्की खेलाडी ब्लान्का फर्नान्डेज ओचोआ मृत फेला परेकी छिन् ।
पूर्व ओलम्पियन समेत रहेकी फर्नान्डेज हराएको करिब दुई सातापछि मृत फेला परेकी हुन् । उनलाई प्रहरीले मड्रिडको पहाडी क्षेत्रमा मृत फेला पारेको हो ।
५६ वर्षीय फर्नान्डेज गत अगष्ट २३ बाट हराईरहेकी थिइन् । उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
फर्नान्डेजले सन् १९९२ मा फ्रान्समा भएको विन्टर ओलम्पिकमा कास्य जितेकी थिइन् ।





-1771251202949.avif&w=3840&q=75)








%20(1)-1771145193825.jpeg&w=3840&q=75)
