एजेन्सी । बार्सिलोनाका मिडफिल्डर राफिन्हा ला लिगा क्लब सेल्टा डी भिगो लागेका छन् । उनी एक वर्षका लागि लोनमा सेल्टा गएका हुन् ।
राफिन्हाले बार्सिलोनासँग समेत सम्झौता नविकरण गरेका छन् । उनी सन् २०२१ सम्म बार्सिलोनामा रहने गरि सम्झौता गरेका हुन् ।
राफिन्हाले यसअघि सन् २०१३-१४ को सिजन समेत सेल्टाबाट लोनमा खेलेका थिए ।
उनको बार्सिलोनासंगको सम्झौता यसै सिजनको अन्तिममा सकिदै थियो । उनी सेल्टाको पहिलो टिममा रहने गरि लोनमा गएका हुन् ।
नयाँ सिजनमा एन्टोनी ग्रिजम्यान र फ्याङ्की डी जोङका साथै युवा स्टार अन्शु फातीले मिडफिल्डमा बलियो दाबेदारिता प्रस्तुत गरेपछि राफिन्हाको भविष्यलाई लिएर आशंका ब्यक्त गरिएको थियो ।
सोही कारण राफिन्हाले पहिलो टिममा रहने गरि सेल्टाबाट खेल्ने निर्णय लिएका हुन् ।