बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

साग, भारत्तोलन अनि तारादेवी

शुक्रबार, भदौ १३, २०७६गिता राई
साग, भारत्तोलन अनि तारादेवी
Classic Tech Internet Ad

काठमाडौं । घरेलु खेलकुदमा भारत्तोलनको आफ्नै गरिमा छ । दक्षिण एसियाली खेलकुद (साग)को पहिलो संस्करणबाट भारत्तोलनलाई समावेश गरिएको थियो ।

नेपालले सबै संस्करणमा भारत्तोलनतर्फ पदक समेत जित्दै आएको छ । पहिलो सहभागितामै नेपालले भारत्तोलनमा ४ रजत र ३ काँस्य जितेको थियो ।

तर,नेपाललाई भारत्तोलनमा पहिलो स्वर्ण पदक कमल बहादुर अधिकारीले दिलाए । श्रीलंकाको कोलोम्बोमा भएको दशौं सागमा उनले पहिलो पटक भारोत्तोलनबाट स्वर्ण पदक जितेका थिए ।

त्यही ईतिहासलाई सुधार गर्ने लक्ष्य सहित भारत्तोलनको टिम सागको बन्द प्रशिक्षणमा छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले साउन १६ बाट भारत्तोलनका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।

प्रारम्भिक चरणमा भारत्तोलनका ४१ खेलाडी बन्द प्रशिक्षणमा सहभागि छन् । पछिल्लो पटक नेपालमा भएको आठौं सागमा नेपालले भारत्तोलनमा ३ काँस्य जितेको थियो ।

आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेको खेलाडी र दोस्रो हुने खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारी सुरु गरिएको राखेपले जनाएको छ ।

प्रशिक्षणमा आठौंमा स्वर्ण र रजत जितेको १०÷१० महिला र १०÷१० पुरुष गरि ४० खेलाडी समावेश छन् । सागमा नेपालबाट समान ७/७  महिला र पुरुष खेलाडी गरि १४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षणमा समूह 'ए' र समूह 'बी' गरि प्रशिक्षण गराईएको छ । समूह 'ए'मा स्वर्णधारी खेलाडी छन् भने समूह 'बी'मा दोस्रो हुने खेलाडी छन् ।

आठौंको समय प्रतियोगिता बाहिर रहेकी सञ्जु चौधरीलाई समेत प्रशिक्षणमा समावेश गरिएको छ । सोही कारण २१ महिला खेलाडी प्रशिक्षणमा परेका छन् ।

सञ्जु उत्कृष्ट खेलाडी भएको र सागमा राम्रो प्रर्दशन गर्न सक्ने भएकाले बन्द प्रशिक्षणमा समावेश गरिएका कीर्तिमानी खेलाडी तारादेवी पुन बताउँछिन् ।

‘सञ्जु राम्रो खेलाडी हो । तेह्रौ सागमा राम्रो गर्न सक्ने भएकाले राष्ट्रिय प्रतियोगिता नखेलेपनि बन्द प्रशिक्षणमा समावेश गरिएको हो ।’ उनले भनिन् ।

नेपालकी सबै भन्दा बलियो महिलाको उपमा पाएकी तारादेवी तयारी राम्रो भएकाले भारत्तोलनमा नतिजा समेत राम्रो आउने विश्वास व्यक्त गरिन् ।

भारोत्तोलनमा बिहान र बेलुका गरी खेलाडीलाई प्रशिक्षण गराईएको छ ।

बिहान समूह  ‘बी’ ले अभ्यास गर्छन् भने दिउँसो समूह  ‘ए’ ले गर्छन् । पाँच प्रशिक्षकको नेतृत्वमा खेलाडीले दैनिक करिब ३ घण्टा पसिना बगाईरहेका छन् ।

पहिले भन्दा अहिले भारोत्तोलनमा धेरै राम्रो सामग्री आएको तारादेवी बताउँछिन् ।

‘केही सामाग्रीको अभाव छ । चाँडै त्यसको सम्बोधन हुने राखेपबाट आश्वासन पाएका छौ ।’ उनी भन्छिन् ।

लामो समयदेखि चोट बोक्दै आएकी तारादेवीले स्वास्थ्यले साथ दिएमा १२ औं सागमा जितेको काँस्यलाई परिवर्तन गर्ने लक्ष्यमा छिन् ।

‘स्वास्थ्यले साथ दिएमा र छनोट भएमा १२ औं सागमा जितेको काँस्यलाई परिवर्तन गर्ने लक्ष्य छ । स्वर्ण जित्नेनै लक्ष्य लिएको छु ।’ उनले भनिन् ।

बन्द प्रशिक्षणमा रहेका नयाँ खेलाडीमा केही गर्न सक्छु भन्ने आत्मविश्वास तारादेवी देख्छिन् । भारत्तोलनको बढ्दो गतिविधीले खेलाडीलाई अन्तराष्ट्रिय प्रतियोगिता खेल्न विगत जस्तो धेरै समय नलाग्ने उनको बुझाई छ ।

‘नयाँ खेलाडीबाट धेरै आशा गरेका छौं । प्रशिक्षकले राम्रोसँग सिकाउनुहुन्छ । नयाँ खेलाडी चाँडै सिक्ने प्रकृतीका छन् । मैले जस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न धेरै समय कुर्नुपर्ने अवस्था छैन,’ तारादेवीले भनिन् ।

भारत्तोलनमा तारादेवीले समेत लामो समय बिताईन् । हरेक संस्करणमा प्रर्दशनमा सुधार गर्दै कीर्तिमान रच्ने तारादेवीलाई धेरैले सन्यास कहिले लिने भनेर सोध्छन् ।

तर, उनी तत्काल विश्राम लिने सोचमा भने छैनन्।

‘अहिलेनै यसको विषयमा सोचेको छैन । स्वास्थ्यले साथ दिएसम्म खेललाई निरन्तरता दिन्छु । अरुले अन्तिम खेल हो भनेर सोध्छन्, तर मैले सोचेको छैन ।’ उनी भन्छिन् ।

आसन्न सागपछि भने तारादेवीले बिहेको बिषयमा भने निर्णय लिएकी छिन् ।

‘छोरीको उमेरमै बिहे भयो भने राम्रो हुने रहेछ । उमेर कटेपटि तालमेल मिल्नु पर्ने रहेछ । त्यहीं तालमेल मिलेको छैन । तर तेह्रो सागपछि बिहे गर्ने सोचमा छु ।’

राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा कीर्तिमान सहित धेरै पदक जितेकी तारादेवीबाट नेपाली भारत्तोलनले स्वर्णको आश गरेको छ ।

भारत्तोलनका प्रशिक्षक दिनेश भुजेल समेत विगतको तुलनामा भारत्तोलनको राम्रो तयारी भएको बताउँछन् ।

‘तयारी राम्रो भएको छ । बिगतको तुलनामा अहिले खेलाडीले राम्रो गरिरहेका छन् । र खेल पनि राम्रो भइरहेको छ ।’ उनले भने ।

‘भारत्तोलनले सागमा स्वर्ण पदक बाहेक धेरै रजत र काँस्य जितेको छ । भारत्तोलनमा एउटा स्वर्ण बाहेक अरु थपिन सकेको छैन ।’ प्रशिक्षक भुजेल भने ‘यसपटक स्वर्णको सम्भावना अधिक रहेको छ ।’

‘अरु पदक आउँछन् नै । तर ९० प्रतिशत स्वर्णको आशमा छौ । १० प्रतिशत भन्न सकिन्न । राष्ट्रिय कीर्तिमानमा चिन्ता छैन । स्वर्ण कसरी ल्याउने भन्ने मात्र लक्ष्य छ ।’ उनले भने ।

प्रशिक्षक भुजेलले खेलाडीको भविष्य सुनिश्चित भएका मात्र राम्रा प्रतिभा खेलकुदमा आउने बताउँछन् ।

‘हरेक खेलमा राम्रो प्रतिभा आउन सकेका छैनन् । किनकि यसमा भविष्य राम्रो छैन । राज्यले सोच्ने हो भने अन्य मुलुकसँग प्रतिस्पर्धा गर्न हाम्रा खेलाडीलाई गाह्रो भने छैन ।’ उनले भने ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

Bajaj Pulsar Motorcycle Ad
ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी