सोमबार, कार्तिक १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

ओलम्पिक चुनावको अंक गणित – कसको पल्ला भारी ?

शनिबार, भदौ ७, २०७६हिम बिक्रम केसी
ओलम्पिक चुनावको अंक गणित – कसको पल्ला भारी ?
Classic Tech Internet Ad

काठमाडौं । घरेलु खेलकुदको प्रभावशाली निकाय मानिने नेपाल ओलम्पिक कमिटि (एनओसी)को चुनाव आउन अब दुई साता मात्र बाँकी छ ।

खेलकुदमा अन्तराष्ट्रिय समन्व्य र सहयोगको पुलको काम गर्ने निकायको नयाँ नेतृत्वको निर्वाचन भदौको २० गतेका लागि तोकिएको छ ।

ओलम्पिक कमिटि घरेलु खेलकुदका लागि विवादीत संस्था मानिन्छ । राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताको लामो शक्ति संघर्षले यसका गतिविधि प्रभावित बन्दै आएको छ ।

अर्को सिधा कुरा एनओसीले नेपाली खेलकुदमा देखाउन मिल्ने गरि कुनै काम पनि त गरेको छैन । भलै विवादका कारण भने जत्तिको काम नसकिएको वर्तमान नेतृत्व दाबी गर्छ ।

खेलकुदमा विदेश घुम्न मिल्ने आकर्षक संस्थाको पहिचान बनाएको एनओसी खेलकुद राजनीति गर्ने व्यक्तिका लागि मुख्य गनत्व्य हो ।

अर्को कुरा एनओसीको वर्तमान नेतृत्वमा अहिले जिवनराम श्रेष्ठ विराजमान छन् । उनी फेरी दोस्रो पटक दोहरिन चाहन्छन् ।

नेपाली खेलकुद तत्कालिन एमाले अनि वर्तमान नेकपाको आधार किल्ला हो । नेपाली खेलकुदमा नेकपानै सत्ता हो, अनि प्रतिपक्ष हो ।

यसको एउटा राम्रो उदाहरण ओलम्पिक कमिटिको चुनाव हो ।

वर्तमान अध्यक्ष श्रेष्ठ एनओसीको नेतृत्वमा दोहरिन चाहन्छन् । अघिल्लो पटक चुनाव लडेका उमेशलाल श्रेष्ठ यसपटक समेत जिवनरामलाई चुनौती दिने तयारीमा छन् । दुवै नेकपाका हर्ताकर्ता नेता हुन् ।

राखेप र ओलम्पिक कमिटिको नेतृत्व गरिसकेका जिवनराम प्रतिनिधि सभाका सांसद हुन् । भर्खरै मात्र उनले एकीकृत पार्टी नेकपाको काठमाडौं महानगरको ईन्चार्जको जिम्मेवारी पाएका छन् ।

नेपालको कम्युनिष्ट पार्टीका संस्थापक नेता हुन्, पुुुुष्पलाल श्रेष्ठ । अनि उनैका पुत्र हुन्, उमेशलाल । व्यापार, उधोग क्षेत्रको प्रतिष्ठित नाम उमेशलाल खेलकुद राजनीतिमा समेत सक्रिय छन् । उनी नेपाल हक्की संघका अध्यक्ष हुन् । तर नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्ष रहि सकेका उनी नेकपाको राजनीतिमा राम्रो प्रभाव राख्छन् ।

आधिकारिक उम्मेदवारी दर्ता पर्सी सोमबार हुनेछ । तर दुवै अध्यक्षका प्रत्यासी जिवनराम र उमेशलालले चुनाव लक्षित गृहकार्य सुरु गरिसकेका छन् ।

अघिल्लो पटक भएको निर्वाचनमा जिवनरामले ८ मतले उमेशलाललाई हराएका थिए । श्रेष्ठले २६ मतमा १७ मत पाएका थिए । अन्तिम समयमा उम्मेद्वारी घोषणा गरेका उमेशलालले ९ मत प्राप्त गरेका थिए ।

अर्को रमाईलो तथ्य भनेको एनओसीको चुनावमा तत्कालिन एमाले र अहिलेको नेकपाको आन्तरिक पार्टी शक्ति संघर्ष समेत प्रर्दशित हुन्छ ।

उमेशलाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली निकट मानिन्छन् भने जिवनरामले माधव नेपाल समुहको नेतृत्व गर्छन् ।

एनओसीको चुनावमा घोषित उम्मेदवार मात्र हैन, पार्टीका मुल नेतृत्वनै मुछिने गर्छ । अघिल्लो चुनावमा तत्कालिन नेकपा उपाध्यक्ष वामदेव गौतमले एनओसीको चुनावी नतिजालाई प्रभावित बनाएको चर्चा ओलम्पिक राजनीतिमा हुने गर्छ ।

अब यसपटक के हुन्छ ? हेर्न बाँकी छ । तर नेतृत्वका आकांक्षीले मताधिकार प्रतिनिधिसंगै पार्टी नेतृत्वसंग आफ्नो लबिङलाई तिव्र पारिसकेका छन् ।

संघबाट छनोट भएका प्रतिनिधि र पार्टी राजनीतिमा आएको फेरबदलले यसपटक एनओसीको चुनाव प्रतिस्पर्धात्मक बन्ने धेरैको आँकलन छ ।

राजनीतिक नेतृत्वको ‘ईन्ट्रेष्ट’ विस्तारै देखिदै जानेछ । तर यसपटक २७ वटा संघले एनओसीको निर्वाचनमा भोट हाल्दैछन् । नयाँ खेलकुद संघको रुपमा गल्फले ओलम्पिक कमिटिको मान्यता पाएको छ ।

अझ रोचक कुरा यसपटक सहभागी २७ संघ मध्य १४ नयाँ अनुहारले एनओसी चुनावमा भोट हाल्नेछन् । जसमा १४ पुरानै अनुहार आउनेछन् ।

ओलम्पिक कमिटिले संघहरुले पठाएका प्रतिनिधिको नाम सार्वनजीक गरिसकेको छैन तर खेलपाटीले प्रत्येक संघसंग सम्पर्क गरेर एनओसीको निर्वाचनका लागि संघहरुले भोटको अधिकार सहित पठाएका प्रतिनिधिको नाम संकलन गरेको छ ।

जसअनुसार यसपटक नयाँ अनुहारमा नेपाल भलिबल संघबाट मनोरञ्जन रमण शर्मा, तेक्वान्दोबाट प्रकाश राणा, फुटबलबाट कुमार केसी, एथ्लेटिक्सबाट पिताम्बर तिम्सिना, उसुबाट केशव विष्ट, ब्याटमिन्टनबाट रामजी बहादुर श्रेष्ठ, बक्सिङबाट राम अवाले, गल्फबाट टासी घले, बास्केटबलबाट होम दोङ, आर्चरीबाट रमेशप्रसाद सिवाकोटी, ¥याफटिङबाट राजीव श्रेष्ठ, साईकिलिङबाट गोपाल सुन्दर कक्षपती र नेपाल कबड्डी संघबाट तुलसा थापा रहेका छन् । राजीब श्रेष्ठ यसअघिको निर्वाचनबाट बक्सिङ संघबाट प्रतिनिधि बनेका थिए ।

पुराना प्रतिनिधिको रुपमा नेपाल भारत्तोलन संघबाट रतन टण्डन, ट्रायथलनबाट निलेन्द्रराज श्रेष्ठ, स्कीबाट जीवनराम श्रेष्ठ, पौडीबाट अशोक बज्राचार्य, जुडोबाट दिपकहर्ष बज्राचार्य, कराँतेबाट पुरेन्द्र बिक्रम लाखे, टेबलटेनिसबाट चतुरानन्द वैद्य, हक्कीबाट उमेशलाल श्रेष्ठ, जिम्न्याष्टिकबाट ध्रुवबहादुर प्रधान, सुटिङबाट पुष्पदास श्रेष्ठ, ह्याण्डबाट तेज गुरुङ, कुस्तीबाट समिम मिया अन्सारी, फेन्सिङबाट शुनिलकुमार श्रेष्ठ र नेपाल लनटेनिस संघबाट ज्योती राणा रहेका छन् ।

श्रेष्ठले मागे सहयोग

वर्तमान अध्यक्ष रहेका श्रेष्ठले हिजो (शुक्रबार) कार्यसमिति सदस्यको अनौपचारिक बैठक राखे । उनले अनौपचारिक बैठकमा अध्यक्षमा उम्मेदवारी दिने जानकारी कार्य समिति सदस्यलाई गराएका थिए। 

केही सदस्यले जीवनरामको पक्षमा खुलेरै समर्थन गरे, केहीले बोलेनन् । बरु केही सदस्य भने आफुले उम्मेदवारी दिने पदकाे बिषयमा बैठकमा जानकारी गराए ।

उम्मेदवारी घोषणा गरेका श्रेष्ठ आफ्ना पक्षका सदस्यलाई जोगाउँदै उमेशलाल पक्षका सदस्यलाई आफुतर्फ आकर्षित गर्ने दाउमा छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
बायर्नले बर्लिनसँग खेल्ने

बायर्नले बर्लिनसँग खेल्ने

फेरि चम्किए हल्यान्ड

फेरि चम्किए हल्यान्ड

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

सालाहको ऐतिहासिक २५० औं गोल

सालाहको ऐतिहासिक २५० औं गोल

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?