• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
संगिता र संजु उत्कृष्ट लिफ्टर
खेलपाटी संवाददाता
बिहीबार, साउन ३०, २०७६ खेलपाटी संवाददाता
संगिता र संजु उत्कृष्ट लिफ्टर
नेपाल स्टङ्गेष्ट तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा महिलातर्फ जुनियरकी बेष्ट लिफ्टर पुलिसकी संजु चौधरी । फोटो : राखेप ।

काठमाडौं । नेपाल स्टङ्गेष्ट तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा महिलातर्फ बेष्ट लिफ्टरमा सिनियरतर्फ पुलिसकी संगिता राई र जुनियरतर्फ पुलिसकै संजु चौधरी भएका छन् ।

उनीहरुले ट्रफी प्रमाण पत्र तथा नयाँ राष्ट्रिय किर्तिमान बनाउने खेलाडीले नगद १ हजार रुपैयाँ प्राप्त गरे ।

काठमाण्डौ जिल्ला भारोत्तोलन संघले आयोजना गरेको प्रतियोगितामा पुलिसकी तारादेवी पुनले दोश्रो दिन क्लिन एण्ड जर्क तर्फ राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले आठौ राष्ट्रिय खेलकुदमा राखेको ९७ केजीमा सुधार गर्दै ९८ केजीका साथ कीर्तिमान बनाएकी हुन् ।

सिनियर ७६ केजी तौलमा खेलेकी पुनले स्नाचमा ७२ केजी र कुलमा १७० केजीका साथ स्वर्ण हात पारिन् । दोश्रो स्थानमा रहेकी एपिएफकी जयन्ती श्रेष्ठले स्नाचमा ५५ केजी र क्लिन एण्ड जर्कमा ६० केजी गरि कुल ११५ केजी भार बहन गरिन् । तेश्रो स्थानमा दाङ्गकी कल्पना चौधरी रहिन् । उनले स्नाचमा ४० केजी र क्लिनमा ५० गरि कुल ९० केजी भार बहन गरिन् ।

यस्तै ८१ केजी तौलमा पुलिसकी लक्ष्मी बनले तीन राष्ट्रिय कीर्तिमान राखिन् । उनले आठौ राष्टिय खेलकुदमा राखेको आफ्नै कीर्तिमानमा सुधार गरेकी हुन् । बनले स्नाचमा ६५ केजी र क्लिनमा ८३ केजी गरि कुल १४८ केजी भार बहन गर्दै तीनै विधामा किर्तिमान बनाएकी हुन् ।

यसअघि उनको नाममा ६४, ८२ र कुल १८६ केजीको रेकर्ड थियो । सेनाकी मनकुमारी कुमालले स्नाचमा ५८ र क्लिनमा ६५ गरि कुल १२३ केजीका साथ रजत पाईन् ।

सिनियरकै ८७ केजी तौलमा पुलिसकी बिद्या राईले क्लिन एण्ड जर्कमा ७६ केजीका साथ नयाँ कीर्तिमान कायम गरिन् । उनले आफ्नै ७५ केजीको किर्तिमानमा सुधार गरेकी हुन् ।

उदयपुरकी कान्ता भुजेलले स्नाचमा ३५ र क्लिनमा ४५ गरि कुलमा ८० केजीका साथ रजत पाईन् ।

८७ केजी माथीको तौलमा नेपाली सेनाकी अस्मिता राईले स्नाचमा ५८, क्लिनमा ७० गरि कुल १२८ केजी भारका साथ तीनै विधामा कीर्तिमान राखिन् । पुलिसकी सुधा थापाले स्नाचमा ५३ क्लिनमा ६७ गरि कुलमा १२० केजीका साथ रजत पाईन् । सिराहाकी मनिता चौधरीले कास्य पाईन् । उनले स्नाचमा ४२, क्लिनमा ६० र कुलमा १०२ केजी भार बहन गरिन् ।

पुरुषको ६७ केजी जुनियरमा पुलिसका प्रकाश केसीले स्नाचमा १०६ केजी र क्लिन एण्ड जर्कमा १२५ गरि कुल २३१ भारका साथ तीन बिधामा राष्ट्रिय कीर्तिमान बनाए । उनले आठौ राष्ट्रिय खेलकुदमा १०३, १२२ र २२५ केजीको किर्तिमान राखेका थिए ।

निरज गुप्ताले ७०, ९० र १६० केजीका साथ रजत तथा कास्कीका किरण घर्तीमगरले ६०, ७१ र कुल १३१ केजीका साथ कास्य पाए ।

सिनियरतर्फ सेनाका जीवन तामाङ्गले स्नाचमा ८३ केजी, स्नाचमा १०८ गरि कुल १९१ केजीका साथ स्वर्ण, सेनाकै संतोष थपलियाले ८३, १०७ र १९० केजीका साथ रजत तथा कास्कीका धन बहादुर झाक्री मगरले ८५, ९८ र १८३ केजीक साथ रजत पाए ।

पुरुषको ७३ केजी जुनियरमा बिरगंज युनाईटेडका सजरुद्धिन आलमले स्नाचमा ७३ क्लिनमा ५२ र कुलमा १६५ केजीका साथ स्वर्ण, एपिएफका सुलभ बस्नेतले ७३, ८२ र कुल ८२ केजीका साथ रजत तथा बिरगंज युनाईटेडका सुनिल कुमार सर्राफले ३५, ४५ र कुल ८० केजीका साथ काँस्य पाए ।

सिनियरतर्फ सेनाका यज्ञ बहादुर सारुले स्नाचमा ९८, क्लिनमा १२७ र कुलमा २२५ केजीका साथ स्वर्ण हात पारे । सेनाकै हेम नारायण श्रेष्ठले ८७, १०७ र १९४ केजीका साथ रजत तथा धनुषाका सरोज यादवले ६५, ८६ र १५१ केजीका साथ काँस्य पाए ।

पुरुष ८१ केजी तौलमा नेपाल पुलिसका विकाश थापाले तीन कीर्तिमान राखे । उनले स्नाचमा १२० केजीका साथ राष्ट्रिय किर्तिमान राखे । उनले आफैले आठौ राष्ट्रिय प्रतियोगितामा राखेको ११५ केजीमा ५ केजीले सुधार गर्दै किर्तिमान राखेका हुन् ।

दोश्रो स्थानमा रहेका एपिएफका महेश चौधरीले १०५ केजी स्नाच, १३० केजी क्लिन र २३५ केजीका साथ रजत तथा एपिएफकै सन्तोष चौधरीले ९० स्नाच, १२१ क्लिन र कुल २११ केजीका साथ कास्य पाए ।

जुनियरतर्फ बाँकेका सुरज बैश्यले स्नाचमा ८०, क्लिनमा १०१ गरि कुल १८१ केजीका साथ स्वर्ण जिते । कञ्चनपुरका विकाश भट्टले ७०, ९२ र १६२ केजीका साथ रजत तथा संजय यादवले ५५, ८३ र कुल १३८ का साथ कास्य पाए ।

८९ केजी तौलमा सेनाका दिनेश कार्कीले आफ्नै नाममा रहेको किर्तिमानमा सुधार गर्दै दुई राष्ट्रिय किर्तिमान बनाए । उनले आठौमा राखेको क्लिन एण्ड जर्कमा १३२ मा सुधार गर्दै १३५ केजी उचाल्दै कुलमा पनि २३० केजीलाई बढाउँदै २४० केजीका साथ दुई किर्तिमान राखेका हुन् ।

दोश्रो स्थानमा रहेका पुलिसका ओम प्रकाश बैश्यले स्नाचमा १०५ केजी भारका साथ किर्तिमान बनाए । तेश्रो स्थानमा रहेका एपिएफका तिलक बहादुर थापाले स्नाचमा ९०, क्लिनमा १२५ र कुल २१५ भार बहन गरे ।

प्रतियोगितामा सिनियर महिला तथा पुरुष तथा जुनियर महिला तथा पुरुष गरि ४० तौल समूहमा ४० स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा तीन विभागिय टोली र जिल्ला तथा क्लबका करिव ९० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण
हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक
हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक
मोटर र्याली तथा अटो जिमखाना शनिबार हुने
मोटर र्याली तथा अटो जिमखाना शनिबार हुने
रहेनन् क्षितिज अरुण
रहेनन् क्षितिज अरुण
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP